img

जिल्ला प्रशासन कार्यालय सप्तरीले लियो फोटो खिच्न नदिने सूचना फिर्ता ः क्षमायाचना सहित सुचना फिर्ता नलिएसम्म वार्तामा नबस्ने पत्रकार महासघको चेताबनी


राजविराज, २५ श्रावण । जिल्ला प्रशासन कार्यालय, सप्तरीले श्रावण २३ गते जारी गरिएको सूचना फिर्ता लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार फोटो, भिडियो नखिच्न उर्दी जारी गर्दै सूचना जारी गरे लगतै नेपाल पत्रकार महासंघ, सप्तरी आन्दोलनमा उत्रेपछि प्रशासन कार्यालयले प्रेस स्वतन्त्रताकाे पक्षमा प्रतिबद्ध रहने भन्दैं सूचना फिर्ता लिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै सूचना फिर्ता लिएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको थियो ।
उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।
नेपाल पत्रकार महासंघकै अगुवाइमा राजविराज बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि पुगेर धर्ना दिएका हुन् । धर्नापछि आयोजित कोणसभामा पत्रकारहरुले सप्तरीका सीडिओले संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारबाहीको माग गरेका थिए ।

क्षमायाचना सहित सुचना फिर्ता नलिएसम्म वार्तामा नबस्ने
नेपाल पत्रकार महासँघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुखले क्षमायाचना सहित सुचना फिर्ता नलिएसम्म वार्तामा नबस्ने जनाएको छ ।

नेपाल पत्रकार महासँघ सप्तरीका सचिव रामनरायाण विश्वासले बिहीबार जारी गिरएकाे प्रेस विज्ञप्तीमा भनिए अनुसार क्षमायाचना सहित सूचना फिर्ता नलिएसम्म वार्तामा नबस्ने जनाएको छ ।

नेपाल पत्रकार महासँघ सप्तरीका सचिव रामनरायाण विश्वासले बिहीबार जिल्ला प्रशासन कार्यालयले वार्तामा बोलाएपछि पत्राचार गर्दै महाँसघ वार्ता र सम्वाद विरोधी नभएको तर क्षमायाचना सहित पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना फिर्ता नलिएसम्म वार्तामा नबस्ने जनाएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा  थप कडा आन्दोलन गर्ने बताए । पत्राकारहरुले आज राजविराजमा प्रर्दशन र धर्ना बसेका थिए ।

 


प्रतिक्रिया दिनुहोस् ।