img

सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध


काठमाडौं,१५ फागुन । प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ ।
लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा पनि कडाइ गरिएको हो ।

सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास हिँड्न रोक त लगाइएको छैन, तर समूहमा हिँड्न भने प्रहरीले दिएको छैन ।

पर्खाल नजिकबाट हिँड्न पनि सुरक्षाकर्मीले रोक लगाएका छन् । लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।
उनीहरुलाई हटाएर सोमबारै नयाँ टोली पठाइएको थियो । लगत्तै मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए । आभार ः अनलाइन खबर डटकम


प्रतिक्रिया दिनुहोस् ।