img

हिन्दुहरूकाे महान चाड विजया दशमीको शुभकामना


आज घटस्थापनाको दिनदेखि यस वर्षको दशैं सुरु भएको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दशैंलाई घर घरमा भित्र्याएका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दशैंको उमंग सुरु भइसकेको छ । नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।

अपूर्व न्युज डटकम परिवार

हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई विशेष रुपमा मनाउने गरिन्छ । बजारमा दशैंको लागि आवश्यक सामाग्री किनमेल गर्नेहरुको भिड देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका कतिपय युवायुवतीहरु दशैं पर्वको लागि भनेर घर फर्किन थालिसकेका छन् । जो दशैंमा घर फर्कन पाउंदैनन उनीहरु परिवार सम्झेर टेलिफोन अथवा विभिन्न सञ्चारमाध्यम मार्फत परिवारसँग सम्पर्क गरी दुखसुख बाड्ने गर्दछन् । धार्मिक हिसावले दशैं हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड हो । तर, नेपालमा अहिले दशैं सबैको साझा पर्व र एउटा नेपाली संस्कृतिको रुपमा विकास भैरहेको छ ।

दशैं हाम्रो परम्परा र सँस्कृति हो । यसको अाफनै महत्व छ । तर पछिल्ला दिनहरुमा दशैंलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाईदै गएको आभाष भइरहेको छ । हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफनाे आर्थिक अवस्थालाई पनि ख्याल गरिएन भने यसले हामीलाई दशैं नभएर दशाको रुपमा परिणत गरिदिनसक्छ ।

दशैं वडादशैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यो नेपालीहरुको प्रमुख पर्व पनि हो । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ । यसलाई एउटा साँस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दशैंको गरिमा बृद्धि हुनेगरी बिशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जानेछ । दशैं विजय र आनन्दको उत्सव हो ।
यो २०७९ सालको विजया दशमी सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भाव बाँड्ने अवसर बन्न सकोस । कोरोना र डेंगी रोगका कारण विचल्लीमा परेका सम्पूर्ण नेपालीहरुले पनि दशैं मनाउने वातावरण सिर्जना होस विजया दशमीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 


प्रतिक्रिया दिनुहोस् ।