img

पिडित शान्ता कुमारी भुजेलका परिवारलाई मञ्चको खाद्यान्य सहयोग


कञ्चनपुर, ६ फागुन । दलित सरोकार मञ्च नेपाल कञ्चनरूप वडा नं. ८ सप्तरीले वित्तीय संस्थाको कर्जाको तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.९ की ५८ वर्षीय शान्ता कुमारी भुजेलका परिवारलाई खाद्यान्य सहयोग गरेको छ ।
वित्तिय संस्थाहरु र स्थानीय व्यक्तिहरुसँग समेत अत्यधिक कर्जा लिएका भुजेल गत आईतबार रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन । लघुवित्तहरु र तथा साह महाजनले ऋण तिर्न दिएको दबाबका कारण शान्ताले आत्महत्या गरेपछि काजक्रिया गर्न समेत समस्या भएको जानकारी पाएपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले कञ्चनरुप नपाकी उपप्रमुख मुनाकुमारी पोखरेल,कञ्चनरुप वडा नं. का वडाअध्यक्ष रामसुन्दर यादब,कार्यपालिका सदस्य शोभा पासवान समेतको उपस्थितीमा खाद्यान्य सहयोग गरेका हुन् ।

मञ्चले मृतक भुजेल परिवारलाई सय किलो चामल,४० किलो गहुँको पिठो,३ केजी दाल,२ केजी नून,तेल एक लिटर र ५ पिस साबुन सहयोग स्वरुप दिइएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवाने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी वडाअध्यक्ष रामसुन्दर यादबले सम्पतिको नाममा रहेका १० धुर जग्गा समेत अर्कैको नाममा रहेकोले त्यसलाई फिर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

मञ्चले कञ्चनरुप नपाका विपन्न गरिब परिवारका छोरीको विवाह र संस्कारमा खाद्यान्य सहयोग गर्दै आएका छन् ।
बितेको एक वर्षमा २ सय विपन्न परिवारको छोरीको विवाह र करिब ३ सय परिवार विपन्नलाई क्रियामा खाद्यान्य सहयोग गरेका जिल्ला संयोजक पासवानले बताए । मृतक भुजेल घर वाट आफन्त भेट्न धरमपुर बितेको आईतबार बिहान घरभन्दा करिब २ सय मिटर पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । परिवारका अनुसार ८ वटा लघुवित्तबाट गरी १३ लाख ३५ हजार रुपैयाँ ऋण लिएका उनी घर वाट सबै समान लघुवितले लिएर गएपछि तनावमा थिए । घरमा पैसाको अभाब भएपछि दुई एउटा लघुवितबाट कर्जा लिएको थियो पछि छोरीको बिहे गर्न ३ कि चार वाट लघुवितवाट कर्जा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस् ।