img

क्लवलाई आगामी आर्थिक बर्ष २०७९/०८० को योजनामा संस्थागत सहयाेग दिईने : वडा अध्यक्ष लाेचन साह


बिष्णुपुर,३० पुस । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.७ स्थित पिडित उत्थान युवा कलवद्धारा अनुभव आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् ।

पिडित उत्थान युवा कलवद्धारा अनुभव आदान प्रदान कार्यक्रम

शनिबार पिडित उत्थान युवा कलव विष्णुपुरद्धारा अनुभव आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट विष्णुपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोचन साहले भने कलवको माध्यमबाट गलत विचारधारा,नकारात्मक सोच राख्ने ब्यक्तिहरुलाई सकारात्मक बनाएर विकासउन्मुख र प्रगति तथा समुदायका युवा विधार्थीहरुलाई विकासतर्फ लाग्नुपर्ने बताउदै क्लवलाई वडा कार्यालयबाट चार वर्ष सम्म साथ रहने अागामी आर्थिक बर्ष २०७९/०८० को योजनामा संस्थागत सहयाेग बजेट दिईने प्रतिबद्धता जाहेर गरेका छन् ।
राजनीति संघर्षकर्मी तथा चमार आन्दोलनका अग्रज अगुवा झबर प्रसाद रामले भने,–क्लवको उदाहरणको रुपमा दर्शाउदै पिडित उत्थान क्लव दलित जातिहरुको मात्र नभई सम्पुर्ण जातजातिहरुमा रहेको पिडित कुरीति विकृतिमा लागेका युवाहरुको सुधार गर्ने तथा यस क्लवलाई समुदायबाट सहयोग गर्नुपर्ने जोड दिएका छन् । रामले थपे स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाको कार्यालय,वडा कार्यालयहरुबाट समेत सहयोगको अपेक्षा एवम् आग्रह गरेका छन् ।

 अनुभव आदान प्रदान कार्यक्रममा वडा नं.७का निवर्तमान वडा अध्यक्ष विन्देश्वर प्रसाद साहलाइ सम्मान गर्दै वडा अध्यक्ष लाेचन साह

सो अनुभव आदान प्रदान कार्यक्रम जनता आघारभुत विघालय प्र.अ.रुपकान्त मिश्र,विष्णुपुर वडा नं.७का निवर्तमान वडा अध्यक्ष विन्देश्वर प्रसाद साह,विष्णुपुर गाउँपालिकाका कार्यपालिका सदस्य अशाेक राम, समाजसेवी जगजिवन राम,बुद्धिजीवी समाजसेवी,अनन्द लाल साह,राजेन्द्र राम,लाकेश्वर राम लगायतले कलवको हित र प्रगतिको निम्ति आउने योजनाहरुमा संस्थागत तथा आर्थिक सहयोग गर्न स्थानीय सरकार सँग माग गरिएका छन् ।
उक्त कार्यक्रम पिडित उत्थान युवा कलव विष्णुपुरका अध्यक्ष जयदेव रामको अध्यक्षतामा सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिती रहेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।