img

सरोकार मञ्चद्धारा प्रहरी हिरासतमा रहेका थुनुवाहरुका लागि ब्लाङ्केट हस्तान्तरण


कञ्चनपुर,३० पुस । तराईमा केही दिनयता अत्याधिक चिसाका कारण जनजिवन प्रभावित भएपछि सप्तरीको कञ्चनपुर स्थित प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई ब्लाङ्केट बितरण गरेका छन् ।
शनिबार दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोला पासवानको नेतृत्वमा मञ्चका प्रतिनिधिले कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको हिरासतमा रहेका थुनुवाहरुलाई प्रहरी कार्यालय प्रमुख डिएसपी रामकुमार यादवको उपस्थितमा १० थान ब्लाङ्केट हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया दिनुहोस् ।