img

‘काम छोडाउ, स्कुल पठाउ’,मधेस प्रदेशमा शिक्षाको सुधार ः कार्यकारी निर्देशक नवलकिशोर यादव


काठमाडौँ, २८ भदौ । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले मधेस प्रदेशका जिल्लाहरूमा शिक्षाको सुधारका लागि  विगत दुइ दशक भन्दा बढी देखि काम गर्दै आएको बताए ।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले अापनाे शिक्षा सम्बन्धी भनाइ राख्दैं ।

साेमबार मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा साे कुरा कार्यकारी निर्देशक यादवले बताएका छन ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले लगानी क्रमश बढ्ने र सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवालहरु सम्बोधन हुने बताउनुभयो ।

सचिव सुवेदीले उक्त नआउँदा पनि शिक्षाका कामहरु गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो । तराई मधेसमा बालिकाहरुको शिक्षाको अवस्था झन् कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो । बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ्याएसम्म खुल्ला र सरकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।

आसमान नेपालका नीति तथा सुशासन सल्लाहकार गुरु सुवेदी अापना सान्भर्विक भनाइ राख्दैं ।

कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका राष्ट्रिय संयोजक आर बैँकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे अवगत गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बालश्रमिक हुने भएकाले यस भविष्यलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले लगानी बढाउनु पहिलो विकल्प भएकामा जोड दिनुभयो ।
पछिल्लो आँकडाअनुसार मधेस प्रदेशको साक्षरता दर ४९.५४ प्रतिशत रहेको छ । मधेस प्रदेशका आठ वटै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) साक्षर घोषणा हुन सकेका छैनन् । यस प्रदेशमा सबैभन्दा कमजोर रौतहटमा ४१.६९ प्रतिशत  र प्रदेशमा बढी साक्षर भएको जिल्ला पर्सामा ७६.९८ प्रतिशत साक्षरता दर रहेको छ । यस प्रदेशमाा विद्यार्थी भर्नादर ५३.३ रहेको छ ।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले ‘काम छोडाउ, स्कुल पठाउ’, ‘निक शिक्षा दिअ’ जस्ता अभियानबाट मधेस प्रदेशमा शिक्षाको सुधारका लागि २३ वर्षदेखि काम गर्दै आएको बताए ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले गुणस्तरीय शिक्षाका लागि पूर्वाधार र सामग्री आवश्यक पर्ने आम सवाल भएको र नेपालमा  शैक्षिक सुधारको क्रमसँगै सीमान्तकृत वर्गको शिक्षाको स्तर माथि आउन नसक्नु चुनौतीपूर्ण भएको बताउनुभयो ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारका निकाय र शिक्षकहरु इमान्दार नभएसम्म शिक्षा शिक्षामा सुधार नहुने भएकाले नागरिक समाज र सञ्चार क्षेत्रले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मधेसका शिक्षामा पत्रकारको दृष्टिबारे शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल र महासचिव शेषकान्त पण्डित तथा मधेसमा आसमान नेपाालले गरेका कामबारे उत्तम उप्रेतीले प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था, गैह्रसरकारी संस्था, विज्ञहरु, शिक्षक सङ्घ सङ्गठन, विद्यार्थी सङ्गठन, अभिभावक सङ्गठन, शिक्षा पत्रकारहरुको प्रतिनिधि रहेको थियो ।
आसमान नेपालका नीति तथा सुशासन सल्लाहकार गुरु सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सचिव मतिना त्वनाबसुले सहजीकरण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस् ।