img

खरिद गरिएकाे २५ लाखको स्यानिटरी प्याड काे अभिलेख छैन


राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा खरिद गरिएको २५ लाखभन्दा बढीको स्यानिटरी प्याड बितरण गरिएको अभिलेख राखिएको छैन।

नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका सिलबन्दी दरभाउपत्रबाट २७ हजार २ सय र सिंधै ८ हजार ३ सय प्याकेट स्यानिटरी प्याड खरिद गरेको थियो । सो प्याड खरिद गर्दा स्पेसिफिकेशन खुलाइ सूचना प्रकाशन गरिएको छैन् भने आपूर्ति भएको सो प्याड तोकिएको मापदण्ड अनुसार भए नभएको यकिन नै नगरी भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

स्यानिटरी प्याड (वितरण व्यवस्थापन) कार्यविधि २०७६ अनुसार विद्यालयको मागको आधारमा स्थानीय तहले यकिन गरी विद्यालयलाई स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था छ । नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा खरिद गरेको स्यानिटरी प्याड विद्यालयमा पठाइ जिन्सी मौज्दान शून्य देखिन्छ ।

कार्यविधिको दफा ६ मा विद्यालयले दफा ५ बमोजिम उपलब्ध स्यानिटरी प्याड र छात्राहरुलाई वितरणको अभिलेख राख्नुपर्ने, सोको सूचना प्रत्येक महिनाको पहिलो हप्ता विद्यालयको सूचना पार्टीमा टाँस गर्नुपर्ने।साथै दफा ४ मा स्थानीय तहले खरिद गरेको स्यानिटरी प्याडको गुणस्तरमा असर नपर्ने गरी सुरक्षित भण्डारण गर्नुपर्ने व्यवस्था छ । तर, नगरपालिका तथा विद्यालयले तोकिएको मापदण्ड अनुसार भण्डारण गरेको छैन् र प्याड पाउनुपर्ने लाभग्राहीको अभिलेख समेत राखिएको छैन् , लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो आर्थिक वर्षमा नगरपालिकाले प्याड खरिदमा २५ लाख ७८ हजार ४०६ रुपैयाँ भुक्तानी गरेको छ ।memokhabar.com


प्रतिक्रिया दिनुहोस् ।