img

दुई साता नबित्दै सप्तरी सीडीओ खतिवडाको सरूवा, थापा आउँदै


कञ्चनपुर, ६ असोज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा हाजिर भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा(सीडीओ)को दुई साता नबित्दै सरुवा भएको छ ।
१० दिन अघि मात्रै सीडीओको जिम्मेवारी सम्हाल्न आएका नुरहरी खतिवडाको संखुवासभा जिल्ला प्रशासनबाट सरूवा भई सप्तरी आएका थिए ।
१ बर्ष सीडीओको जिम्मेवारी सम्हालेर सप्तरीबाट जनार्दन शर्मा सरुवा भएर उदयपुर गएपछि गत भदौ २७ गते खतिवडा हाजिर भएका थिए ।
खतिवडाको ठाउँमा भूपेन्द्र थापा सप्तरीको सीडीओ रहने गृह मन्त्रालयका प्रबक्ता फनिन्द्रमणि पोखरेलले जानकारी दिए । खतिवडाको भने मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।


प्रतिक्रिया दिनुहोस् ।