img

सेभ द सप्तरीले जिल्लाको अति पिछडिएको वर्गहरुको लागि बरदान ः अध्यक्ष मण्डल


राजविराज, ६ असोज । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले सेभ द सप्तरीले जिल्लाको अति पिछडिएको वर्गहरुको लागि बरदान नै रहेको बताए ।
विहिबार सप्तरीको राजविराजको स्टार डिल्कस होटलमा आयोजना गरेको सेभ द सप्तरीको २३ औ सधारण सभामा प्रमुख अतिथि आसन्नबाट सो कुरा बताए ।
आयोजित सधारण सभा कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष मण्डलले भने,–संस्थाले गाउँघरमा निमुखा समुदायिको स्तरबृद्धि गरेर राम्रो काम गर्दै आएको तथा समाज परिर्वतनमा सेभ द सप्तरीले ठुलो भुमिका खेलिरहेको भन्दै शिक्षा,स्वास्थय,लघुउद्यम बिकास,किशोर किशोरी मैत्री र कृषि क्षेत्रमा लगानी गरेर मानव सेवा गर्दै आइरहेको बताए ।

कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले भने,–संस्थाले बिगत २३ बर्षदेखि समाजिक क्षेत्रमा काम गर्दे आएको बताए । सधारण सभामा लेखा परीक्षण कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष देवले भने, सेभ द चिल्ड्रेनको सहयोगमा समून्नती कार्यक्रम अन्र्तगत सन २०१३ देखि मातृ तथा नवजात शिशु,मेरो पहिलो बच्चा,बिद्यालय स्वास्थय तथा पोषण कार्यक्रम,बालबिकास कार्यक्रम,आधारभुत शिक्षा,किशोरकिशोरी बिकास कार्यक्रम,जीबिकोपार्जन कार्यक्रम लगायत संचालनमा रहेको बताए ।

सो संस्थाले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षामा पहुच बढाउने उदेश्यका साथ संचालित कार्यक्रममा स्वास्थ्य, तथा सरसफाई सम्बन्धि जिल्लाको राजविराज नगरपालिका वडा नं.१,५,१४,१५ र १६, छिन्नमस्ता गाउँपालिका,बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका सम्पुर्ण वडाहरुमा यस्ता कार्यक्रमहरु संचालमा रहेको बताए ।
आर्थिक बर्ष २०७८/०७९ मा रु ६ करोड ७ लाख ४२ हजार ८ सय १६ रुपैया खर्च गरेर जिल्लाको राजविराज नगरपालिका वडा नं. १,५,१४,१५ र १६, छिन्नमस्ता गाउँपालिका,बिष्णुपुर, गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाकामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
यस्तै वल्र्ड ऐजुकेशनको सहयोगमा सेभ द सप्तरीले सक्रिय परियोजना अन्र्तगत बालश्रम निवारका लागि सन २०१९ अक्टोवर देखि जुलाई २०२२ सम्म कार्यक्रम कार्यान्ब्यण गरि ति पालिकाहरुमा समेत बिभिन्न कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा कमलेश्वरी कृषक समुहका कृषि सल्लहाकार अरूण साह , गजेन्द्र नारायण सिँह अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन डाक्टर रंजित झा ,प्रसाहिका प्रअ राजकुमार मंडल, प्रहरी उपरिक्षक अविनारायण काफले, लघु उदमी श्याम कुमार मडल, छिनमसता गाउँपालिकाका स्वास्थ्य संयोजक बलदेशवर चौधरी, तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य संयोजक शैलेश मिश्र,राप्राबि कटीका प्रअ रामचन्द्र यादव, बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक अर्जुन यादव, कृषि ज्ञान केन्द्रका योजना अधिकृत सुुकदेव राउत,तिलाठी कोइलाडी गाउँपालिकाका कृषि संयोजक उदायकान्त झा, शिक्षा बिकास समन्वय एकाई समितिका प्रमुख राजदेव यादव र गैसस महासंघ सप्तरीका अध्यक्ष बलदेव मंडल, छिनमसता गाउँपालिकाका अध्यक्ष ,बिधयानन्द चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी सहितकाले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।

२३ औ साधारण सभामा राष्ट्रिय समाचार समितिका समाचारदाता अरुण कुमार यादव सम्मानित हुदै।

सेभ द सप्तरीको अध्यक्ष धुव्र प्रसाद देवकै अध्यक्षता आयोजित सो सधारण सभामा बिशिष्ट अतिथि ः सेभ द चिल्डे«नका नर्मदा थापा,नेपाली सेनाका गणपति दुर्गाबहदुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफले र नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव लगायतकालाई दोसाला ओढाएर समानन गरिएको थियो ।
साथै राष्ट्रिय समाचार समितिका समाचारदाता अरुण कुमार यादवसहित जिल्लाका सञ्चारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सेभ द सप्तरीका बिभिन्न तहका कर्मचारी तथा सहकर्मीहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।