img

तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी, नियम विपरीत गरेको ठहर


सप्तरीको तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी गरेको पाईएको छ । गाउँपालिकाले नियम विपरीत लाखौंको औषधि खरिद गरेको पाएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) विपरीत गाउँपालिकाले औषधि खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख गरिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १(क) मा बीस लाख रुपैयाँ सम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सुचना प्रकाशन गरी तोकिएको बिक्री मूल्यमा खरिद गर्न सकिने व्यबस्था छ, महालेखा परीक्षकको प्रतिबेदनमा भनिएको छ, यस पालिकाले औषधी न्यानो झोला र सेनेटरी प्याड खरिद गर्ने प्याकेज वनाई शिलवन्दी दरभाउपत्रको माध्यमबाट खरिद गरी ड्रग इन्टरनेसनलसँग ३० लाख ६५ हजारको सम्झौता गरी यो बर्ष औषधिको रु १८ लाख २६ हजार ७ सय ६८ को विल संलग्न गरी १० लाख २६ हजार ७ सय ५८ मात्र भुक्तानी गरेको छ ।

खरिद गरिएको उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मुल्य राष्ट्रिय पत्रपत्रिकाकामा प्रकाशन नभएको, आपूर्ति हुने औषधि डव्लुएचओ सर्टिफाईड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषयका विज्ञबाट मुचुल्का उठाई राख्नुपर्नेमा सो नगरिएको प्रतिबेदन उल्लेख छ ।

यसैगरी आपूर्ति भएका औषधि एवम् सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए÷नभएको नखुलेको, औषधिको जिम्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र हस्तान्तरण भईआएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँध्नुपर्नेमा खरिद गरिएका औषधि जिन्सी खातामा आम्दानी नजनाई भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिबेदनमा जनाएको छ ।

औषधि खरिद नियमविपरीत भएको ठहर गर्दै महालेखाको प्रतिवेदनमा खरिद भएका औषधिको जिन्सी खातामा दाखिला गरेको र सो विवरणको अभिलेख पेश हुनुपर्ने भन्दै सचेत समेत गराईएको छ ।

न्यूज टुडे


प्रतिक्रिया दिनुहोस् ।