img

सहयोगी बचत तथा ऋण सहकारीको १५ औं साधरणसभा सम्पन्न


कञ्चनपुर,२ पुुस । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले सहयोगीको आर्थिक कारोकार हेरेर प्रभावित भई नगरपालिकाबाट चाडैँ सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहयोगी बचत तथा ऋण सहकारीको १५ औं साधरणसभामा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ललन प्रसाद गुप्ता

शनिबार सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधरणसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथितिसमेत नगर प्रमुख गुप्ताले भने,‘ म आफै तत्कालै सहयोगीमा खाता संचालन गर्दै नगरपालिकाबाट चाडैँ सम्मान गर्ने बताए ।
सम्पन्न साधरणसभामा संस्थाका व्यवस्थापक विनोद दासले गत आर्थिक वर्षमा सहयोगीको खुद नाफा ९५ लाख ८१ हजार ८ सय ४३ रुपैया पुुगेको छ । आर्थिक वर्ष २०७८/०७९को आयव्यय प्रस्तुत गर्दै सहयोगीले गत आवमा ३९ करोड ६ लाख १० हजार ७ सय ८० रुपैयाको कारोबार गरेकोमा खुद नाफा ९५ लाख ८१ हजार ८ सय ४३ रुपैया रहेको बताए ।

व्यवस्थापक दासका अनुसार संस्थामा गत आर्थिक वर्षमा २७ करोड २८ लाख ३४ हजार २ सय ३२ रुपैया ऋण लगानी गरिएको र शेयर पूँजी २ करोड ९५ लाख ५२ हजार २ सय रहेको बताए । साथै संस्थाको बचत निक्षेप २२करोड ८९ लाख १९ हजार ३ सयि ६३ रहेको व्यवस्थापक दासले जनाए । सहयोगीले शेयर सदस्यमा समेत उल्लेख संख्या बृद्धि गरेका छन् । गत आवसम्ममा ३ हजार ३ सय ९२ जना पुुगेको व्यवस्थापक दासले जानकारी गराए । सबभन्दा बढी कर तिर्ने संस्था सहयोगी ः सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अनोज कुमार यादबले सहयोगी सेवाग्राहीलाई सेवा दिन मात्रै नभई कञ्चनरुप नगरपालिकामा रहेको सहकारीहरुमध्ये राज्यलाई सबैभन्दा बढी कर तिर्ने सहकारीको रुपमा रहेको दावी गरे । अध्यक्ष यादबका अनुसार १८ लाख ५ हजार ४ सय ८३ रुपैया कर तिरेको बताए ।

उनले भने,‘सहयोगीले जति कर तिरेका छन्, यहाँका धेरै सहकारीको आफनो नामा समेत देखाउँदैनन ।’ सहयोगीले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय अध्यक्ष यादबले बताए । अध्यक्ष यादबले भने,‘ सप्तरीमा हाम्रो संस्था स्थापित भइसक्यो अब मधेश प्रदेशमा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई स्थापित गर्ने मुख्य लक्ष्य राखेका छौं ।’

सहयोगी बचत तथा ऋण सहकारीको १५ औं साधरणसभामा सम्बाेधन गर्दै सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अनोज कुमार यादव

संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता रहेका थिए भने कार्यक्रममा सहभागीलाई स्वागत संस्थाका उपाध्यक्ष संजय खडगाले गरेका थिए । शेयर सदस्यहरुलाई बार्षिक प्रगति र अगामी नीति तथा कार्यक्रमबारे संस्थाका सचिव शोभाकान्त गुप्ताले पेश गरेका थिए । कार्यक्रममा तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष हेमन्त बहरखेर (मनोज), राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक चन्द्रमणी भट्टराई,समाजसेवी खिखर प्रसाद साह लगायतले शुुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन कृष्णलाल यादबले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।