img

यी हुन् आकर्षक भएकै कारण फिल्म खेल्न नपाएका भारतीय कलाकार


काठमाडौं, साउन २४ 

मर क्षेत्रमा सुन्दर र आकर्षक व्यक्तित्वलाई महत्वपूर्ण मानिन्छ। हामीले फिल्म क्षेत्रमा सुन्दरता बिक्ने भन्ने कुरा सुन्दै पनि आएका छौं। कतिपय कलाकारहरूले आफूलाई सुन्दर देखाउन प्लास्टिक सर्जरी गर्ने गरेको खबर पनि नौलो होइन।

तर भारतमा यस्ता कलाकारहरू पनि छन् जसले आफू आकर्षक भएकै कारण फिल्ममा खेल्न पाएनन्। डिनो मोरियादेखि करण ट्याकरसम्म केही कलाकारहरूले आकर्षक हुँदा प्रेरणा मिल्नु पर्नेमा सफलता प्राप्त गर्नबाट वञ्चित हुने परेको दाबी गरेका छन्।

आकर्षक भएकै कारण फिल्म खेल्न नपाएका केही कलाकारहरूको चर्चा गरौं-

१.डिनो मोरिया

डिनो मोरिया

डिनो मोरियाले आफूलाई विभिन्न अवसरहरूबाट वञ्चित गर्ने सुन्दरतालाई घृणा गर्ने बताएका छन्। उनले हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा भने, ‘मलाई अचम्म लाग्छ कि धेरै मानिसहरूले मलाई कास्ट गरेनन् किनभने म आकर्षक देखिन्छु रे। कास्टिङ निर्देशकहरू मलाई कुन भूमिकामा कास्ट गर्ने भनेर बारम्बार विचार गर्छन्,’ उनले भने, ‘मेलै धेरै अडिसनमा सुनेको छु कि तपाईं राम्रो देखिनु हुन्छ।’

उनले कतिपय ठाउँमा आफूलाई कास्ट गर्नुहोस्, आफ्नो लुक्स परिवर्तन गर्छु समेत भनेका थिए। ‘बलिउडमा कहिलेकाहीं आकर्षक हुनु हानिकारक हुन सक्छ,’ उनले भने।

२. करण ट्याकर
आफ्नो बाबुको फर्म चलाउन सहयोग गरिरहेका करण ट्याकर अभिनय क्षेत्रमा संयोगवश प्रवेश गरेका थिए। करणले हालै न्यूज १८ सँगको अन्तर्वार्तामा १० वर्ष लामो अभिनय करिअरमा चुनौतीपूर्ण रहेको र वैकल्पिक अवसरहरू खोजी गर्नु परेको बताए।

करण ट्याकर

‘यो १० वर्षमा कहिलै केही परिवर्तन गर्न भनिएको थिएन तर मेरो सुन्दर लुक्सप्रति सधैं आपत्ती जनाउँथे। धेरै प्रोजेक्टमा अस्वीकार हुनुको कारण आकर्षक लुक्स हो। उनीहरू यति फिट हुनु हुँदैन भन्ने जवाफ दिन्थे,’ उनले भने।

 

३. गौहर खान
भारतीय मोडल तथा अभिनेत्री गौहर खान पछिल्लो समय वेबसिरिजमा काम गरिरहेकी छन्। गौहरले आफ्नो सौन्दर्यताको कारण फिल्म गुमाउनु परेको बताइन्।

गौहर खान

‘मैले ‘स्लमडग मिलियनयर’ गुमाएको सबैभन्दा ठूलो प्रोजेक्ट हो। किनभने यसको लागि म धेरै राम्रो देखिरहेको थिएँ। मैले डेनी बोयलसँग कास्टिङका लागि पाँच चरणमा कुरा गरेँ। छैटौं चरण तपाईं एक उत्कृष्ट अभिनेत्री हुनुहुन्छ। तपाईं भारतमा नभएको अभिनेत्रीजस्तै बोल्नु हुन्छ। यस्तो अनुभव कसरी भयो उनले सोधेका थिए,’ उनले भनिन्।

जवाफमा गौहरले भनिन्, ‘म यस्तै छु। म हरेक दिन राम्रो गर्ने प्रयास गर्छु।’

उनको कुरा सुनेपछि बोयलले भने, ‘तपाईं धेरै राम्रो अभिनेत्री हुनुहुन्छ, तर म तपाईंलाई यस भूमिकामा कास्ट गर्न सक्दिनँ किनभने मैले तीन फरक उमेर समूहहरूमा सुहाउने पात्रलाई कास्ट गर्नुपर्छ। तपाईंको सुन्दर अनुहारले गर्दा स्लमडग मिलियनरमा राख्न सक्दिनँ।’

कृति सेनन

बलिउडकी चर्चित नायिका मध्येकी एक हुन् कृति सेनन। ‘हिरोपन्ती’ बाट बलिउडमा डेब्यू गरेकी कृतिले पछाडि फर्केर हेर्नु परेको छैन।

तर कुनै समय उनी अडिसन दिँदा थाकिसकेकी थिइन्। ‘मैले फिल्मको लागि धेरै मानिसहरूलाई भेटेँ। एकजनाले मलाई भनेका थिए, तिमी धेरै राम्रो देखिन्छौं। फिल्ममा वास्तविक देखिन कुनै न कुनै त्रुटि हुनुपर्छ,’ उनले भनिन्।

५ दिया मिर्जा 

दिया मिर्जा

अभिनेत्री दिया मिर्जाले आफू फिल्म क्षेत्रमा आएकोमा पछुताएको बताइन्। ‘मलाई थाहा छ कि विगतका कुराहरूलाई बेवास्ता गर्नुपर्छ। मेरो अभिनय करिअरमा मेरो सहभागिताले बारम्बार मेरो विरूद्ध काम गरेको छ किनकी म धेरै राम्रो देखिन्छु,’ उनले भनिन्।

जब उनले यस कुरा ‘रेहना हे तेरे दिल मे’का अभिनेतालाई सुनाइन्। उनले भने, ‘यो अनौठो बेफाइदा हो।’

साभार ः सेतोपाटी डटकम 

 


प्रतिक्रिया दिनुहोस् ।