img

पटक–पटक दुःख दिएको भन्दै कञ्चनरुपका व्यापारीहरुले गरे विरोध


कञ्चनपुर,२५ असोज । व्यापार व्यवसाय कमजोर अबस्थामा अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै कञ्चनरुप नगरपालिकाका व्यापारीहरुले विरोध गरेका छन् ।
बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नंं ११ स्थित सिमराबाट न्यापारीहरुले लखेटेको हो । घरेलु तथा साना उद्योग कार्यालय,इलाका प्रशासन कार्यालय कञ्चनपुर,खाद्य प्रविधि कार्यालय,उद्योग बाणिज्य संघका प्रतिनिधि,उपभोक्ता मञ्च र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

उघाेग वाणिज्य संघ,सप्तरी

सिमरा स्थित सहयोगी किराना स्टोरमा टोली पुग्दा संचालकले सुरुमा पसल बन्द गरेका थिए । पछि पसल खोलेपछि विभिन्न समानहरु म्याद सकिएको भन्दै पसलबाट समान टिप्न लागेपछि बिबाद भएको थियो ।

कञ्चनरुप नगरपालिका व्यापारीहरु समेत सयौंका संख्यामा सिमरामा जम्मा भइसकेपछि अनुगमन टोलीलाई भाग्न बाध्य भएको थियो । व्यापार व्यवसाय ठप्प भएर बैंकको ब्याज समेत तिर्न नसक्ने स्थितीमा रहेका व्यापारीहरुलाई अनुगमनका नाममा दुःख दिएको भन्दै व्यापारीहरु आक्रोशित छन् ।

अनुगनम टोलीले बरमझियाको व्यापारीसँग अनुगमनका नाममा घुसमा पेडा लिएको व्यापारीहरुले आरोप लगाएका थिए । व्यापारीहरुले पेडा किनेको हो भने बिल देखाउन अनुगमन टोलीका सदस्यहरुलाई चुनौती दिएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय,सप्तरी

सो आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका छन भने अन्य अनुगमनकर्ता सँग अभद्र व्यवहार गरेका छन् ।
अनुगमनकै क्रममा टोली मन्दिर परिषरबाट निस्केपछि भारदह, बरमिझया, कंचनपुर चौक रुपनगर र सिम्राहा चौकमा प्रायः पसलबन्द रहेको र सिम्राहा चौकमा खुलेका सहयोगी किराना पसलका संचालकले टोलीलाई हेर्दा हत्तार हत्तार पसल बन्द गरी लुकेका थिए ।
सोही क्रममा टोलीले पसल किन बन्द गरेर भागेकोमा शंकालागी पसल खोल्न आग्रह गर्दा नआएपछि स्थानियको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका समानहरुलाई पसल अगाडी स्थानियको रोहवरमा नष्ट गर्न लाग्दा विवाद चर्केको सप्तरी उद्योग बाणिज्य संघका लेखापालले बताए ।
विवाद चर्किनुमा पसल बन्दगरी कंचनपुर र रुपनगरबाट आएका केही केही व्यवशायीहरुले स्थानिय व्यवशायीहरुलाई उक्साएको नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवले बताए ।

उपभोक्तालाइ अखाद्य र म्याद गुज्रेका सामान खानु पर्ने बाध्यता ः अनुगमनकर्ता माथी आक्रमण
बुधबार संयुक्त बजार अनुगमन टोलीले पसल अनुगमन गर्न जाँदा सप्तरीको सिमरामा अनुगमनकर्ताहरु उपर व्यवशायीहरुले आक्रमण गरेका छन् ।
दशैं, तिहारको वेला व्यवशायीहरु प्रयाप्त मात्रामा अखाद्य, अवैध तथा म्याद गुज्रेका सामानहरु विक्रि गरिरहेकोे उपभोक्ताहरुको गुनासोका आधारमा संयुक्त बजार अनुगमन टोलीले पसल अनुगमन गरिएको हो ।
सो आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका छन भने अन्य अनुगमनकर्ता सँग अभद्र व्यवहार गरेका छन् ।
चालक साहलाई सिमराका सहयोगी किराना पसलका संचालक शशी राउतले आक्रमण गरेको स्वयं पिडित चालकले प्रजिअ किरण थापा समक्ष बताएका छन् ।
विवादको क्रममा स्थानिय प्रहरीले टोलीका पदाधिकारीहरुलाई स्कटिड्ड गरी भिडबाट निकालेका थिए । उक्त घटना पश्चात टोलीका पदाधिकारीहरुले प्रजिअ किरण थापा र एस.पी.लाई घटना बारे सत्य तथ्य जानकारी गराउँदै दोषीलाई कार्यवाहीको मांग गरेका थिए ।

जिल्लामा एकातिर बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्य र म्याद गुज्रेका सामानहरु खान बाध्य भईरहेका छन भने अर्कोतिर अनुगमन गर्दा म्याद गुज्रेका, अनियमित तथा अवैध सामग्री जफत गरी नष्ट गर्दा आक्रमण गर्ने गरेको छ ।

अव उपभोक्ताहरु जागृत नभए सम्म अखाद्य तथा गुणस्तहिन सामग्री खानुपर्ने बाध्यता नै हुने देखिन्छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधि लगायत भारदह र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी टोली एवं संचारकर्मीहरुको सहभागिा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।