img

शम्भु प्रसाद चौधरीको अध्यक्षतामा दस सदस्यीय कन्चनपुर बिमा अभिकर्ता सघं नेपाल बिमक समिति गठन


कञ्चनपुर, २७ असाेज । नेपाल लाईफ ईन्स्योरेन्स क.लि.कन्चनपुर शाखा समिति अन्तर्गत रहेका पेशागत बिमा अभिकर्ता सङ्घ नेपाल बिमक समितिको दोश्रो अधिबेशनबाट शम्भु प्रसाद चौधरीको अध्यक्षतामा दस सदस्यीय समिति गठन गरिएका छन् ।

पेशागत बिमा अभिकर्ता सङ्घ नेपाल बिमक समितिको दोश्रो अधिबेशनमा प्रमुख अतिथि एवम् अतिथिहरू ।

सो अधिवेशनबाट शुक्रबार अन्नपुर्ण बहुमुखि क्याम्पस कञ्चनपुरमा उपाध्यक्ष ब्रहमदेव यादव ,सचिव शंकर गुप्ता,सह सचिव सगिन्ता फत्तेपुरीया,०कोषाध्यक्ष सुनिता देबि महत्तो र सदस्यहरूमा राज कुमार दास,सुनिता देबि यादव,भुवन गिरी,मन्जु देबि गिरी,सत्यनारायण यादव,बबि यादव रहेका छन् ।
से अधिबेशनबाट एक सल्लाहकार समितिसमेत गठन गरिएको हो । सल्लाहकार समितिमा प्रमुख सल्लाहकार मोकेन्द्र यादव,सल्लाहकारहरुमा टुनाई गिरी,भोला महत्तो र चन्द्रकला यादब रहेका छन् ।

नेपाल लाईफ ईन्स्योरेन्स क.लि.कन्चनपुर शाखाका प्रमुख जयकुमार दतले दोस्रो अधिबेशनबाट सर्बसम्मत निर्बाचित पदाधिकारी तथा सदस्यहरु एवं प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामनासमेत ब्यक्त गरिएको हो।

सो दोश्रो अधिवेशनमा बिमक समितिको केन्द्रिय सचिव तेज प्रसाद तिबारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पेशागत बिमा अभिकर्ता सङ्घको पुर्ब सचिव राम कुमार बुढाथोकि, बिमक समितिको केन्द्रिय सदस्य चन्द्र नारायण दास, भक्ति भट्टराई, बिमक समिति गाईगाट शाखाको प्रमुख सल्लाहकार केवी दर्नाल,सल्लाहकार एलवी रम्तेल,अध्यक्ष झनक घिमिरे लगायतको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस् ।