img

बिना इन्टरनेट फोन पेबाट अब पैसा तिर्न सकिने


काठमाण्डौं,२२ माघ । अबदेखि बिना इन्टरनेट फोन पे एपमार्फत भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।

फाेन पे एप

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

‘यो नविनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु ।, डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘क्वीआरको  लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।

फोन पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस अर्थतन्ध बनाउने अभियानलाई पनि साकार पार्न मद्धत गर्छ ।
फोन पेको आफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्ने विश्वास रहेको फोन पेका सिईओ दिवश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
फोन पे ले विगत ३ बर्षदेखि डिजिकटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पे मा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाख भन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् ।


प्रतिक्रिया दिनुहोस् ।