img

सम्पत्ति शुद्धीकरणमा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद सजाय


काठमाण्डौं,२१ माघ । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषि ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ।

विशेष अदालत

माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषि ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवानाको सजाय सुनाएको हो। उनले सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर छ।

इच्छाराजसँगै दोषी ठहर भएका उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठको पनि अदालतले सजाय निर्धारण गरेको छ।

सृजना शाक्यलाई एक अर्ब तीन ३ करोड रुपैयाँभन्दा बढी जरिवाना र १ बर्ष ६ महिना कैद तथा श्रेष्ठको हकमा २५ करोड ६५ लाख रुपैयाँभन्दा बढी जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएको छ।
प्रतिवादीहरु ईच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न विशेष अदालतले आदेश गरेको छ। साभार ः नया पत्रिका दैनिक


प्रतिक्रिया दिनुहोस् ।