img

दलित समुदायलाई स्थानीय तहमा सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता ः नगर प्रमुख कृष्ण प्रसाद ढकाल


फतेपुर,१९ बैशाख ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले भने, दलित समुदायहरुलाई स्थानीय तह सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता गरेको हो ।

 गठित स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई कार्यान्व्यनको बिषयमा नगर प्रमुख कृष्ण प्रसाद ढकालले आपना सान्दर्भिक भनाइ सम्बोधन गर्दै ।

मंगलबार सप्तकोशी नगरपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा दलित समुदायका नागरिक समाज,जनप्रतिनिधि र पत्रकारहरुको सञ्जाल निर्माण र परिचालन परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।


परियोजनाका टिम लिडर राजकुमार पासवानले स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन प्रक्रिया बारेमा सहजिकरण गर्दै ।

उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता गरिएका सप्तकोशी नगरपालिकाका नगर प्रमुख ढकालले भने, मञ्चले मधेश प्रदेशमा रहेका दलित समुदायहरुको संदर्भमा नीतिगत रुपमा कानुनी तबरले दलितहरुलाई व्यवस्थापन गर्नका लागि स्थानीय तह र प्रदेश सरकारमा पँहुच बढाउने पहलकदमी गरिएकोले मञ्चलाई धन्यवाद दिदैं सप्तकोशी नगरपालिकामा गठित स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति कार्यान्व्यन गर्नका लागि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समावेश गरी बजेटसमेत विनियोजन गर्ने बताएको हो ।

परियोजनाका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले परियोजनाको उदेश्य, समग्र परियोजनाको गतिविधिहरु बताउदैं ।

सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरीले मधेश प्रदेश सरकारले प्रमाणिकरण गरी जारी गरिएको “दलित सशक्तिकरण ऐन २०७६ अनुसार पालिकाले स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गनुपर्ने तर मञ्चले पहल गरि पुर्नताजगी गराएको बताए । सप्तकोशी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष देवकान्त गोजेबारले दलित समुदायका लागि शिक्षा र स्वास्थ्य जोड दिनुपर्ने बताए । वडा अध्यक्ष गोजेवारले थपे, जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई प्रभावकारी तबरले अगाडी बढाउने र सहयोग रहने बताएको हो । सप्तकोशी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष जाहिर हुसेन,दलित कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा लगायत गठित स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।

सो छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा सप्तकोशी नगरपालिका वडा नं.४ का वडा अध्यक्ष जयराम खंगको संयोजकत्वमा ९ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो । सो समितिमा सदस्यहरुमा दलित कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा, राजनैतिक दलबाट सत्य नारायण खंग,निकित सुर्खेती,भुटेल खंग र सप्तकोशी नगरपालिका सामाजिक शाखाका शाखा अधिकृत प्रकाश सुवेदी रहेका छन ।

गठित समितिमा बाकी तिन जना सदस्यहरु अर्को बैंठकमा तय गर्ने सामाजिक शाखा अधिकृत सुवेदीले बताए । सो कार्यक्रममा परियोजनाका टिम लिडर राजकुमार पासवानले दलित सशक्तिकरण ऐन २०७६ कार्यान्व्यन र स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन प्रक्रिया र परियोजनाका कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले परियोजनाको उदेश्य, समग्र परियोजनाको गतिविधि बारेमा सहजिकरण गरिएको हो ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता सप्तकोशी नगरपालिकाका नगर प्रमुख ढकाल र परियोजनाकी कार्यक्रम अधिकृत अनुराधा दाहालले कार्यक्रम सञ्चालन गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस् ।