img

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ शाखा अधिकृतलाई गरे पदस्थापन


अपूर्व समाचारदाता ।
काठमाडौं, ४ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ ।

शाखा अधिकृत संतोष रायलाई विष्णुपुर गाउँपालिका,सप्तरीमा प्रमुख प्रशासकिय अधिकृतमा पदस्थापन ।

नयाँ शाखा अधिकृतलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । २ वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

शाखा अधिकृत सरोज कुमार कर्णलाई तिलाठी कोइलाडी गाउँपालिका,सप्तरीमा प्रमुख प्रशासकिय अधिकृतमा पदस्थापन ।

मंगलबार मात्रै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समुह) शाखा अधिकृतद्धय संतोष रायलाई विष्णुपुर गाउँपालिका,सप्तरी र सरोज कुमार कर्णलाई तिलाठी कोइलाडी गाउँपालिका,सप्तरीमा प्रमुख प्रशासकिय अधिकृत पदमा पदस्थापन गरिएको हो ।
स्थानीय तहहरूमा अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

नवनियुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतहरुको नामावली


प्रतिक्रिया दिनुहोस् ।