img

९ महिनामा भारत र इण्डोनेसियाबाट ५२ करोडको गोलभेँडा आयात


काठमाडौं । चालू आर्थिक वर्ष २०७८–७९ मा विदेशबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।

नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ ।

यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, ९ महिनाको अवधिमा उक्त मूल्यको गोलभेँडा आयात हुँदा राज्यले ४ करोड ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । साभार ः कृषि डेली डटकम 


प्रतिक्रिया दिनुहोस् ।