img

सरकारी उदासिनताले सुदूरपश्चिमका किसान न्यूनतमको आधा मूल्यमा धान बेच्न बाध्य


धनगढी । सरकारले समयमा धान खरिद नगर्दा सुदूरपश्चिमका किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् । कार्तिक पहिलो साता परेको अविरल वर्षाका कारण ५ अर्ब बढीको नोक्सानी बेहोरेका किसान सरकारले समयमा खरिद नगर्दा न्यूनतम मूल्य भन्दा सस्तोमा धान बेच्न बाध्य भएका हुन् ।

यस वर्ष सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ । तर, सरकारी निकायले धान खरिदका लागि कुनै पनि प्रकृया सुरु गरेका छैनन् । जसका कारण किसान सस्तोमा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् ।

सुदूरपपश्चिमका किसानले अहिले व्यापारीलाई प्रतिक्विन्टल एक हजार देखि १२ सय रुपैयाँमा धान बेचिरहेका छन् । नजिकिदै गरेको चाडबाडको खर्च जुटाउनका लागि किसानले ब्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएको किसानको गुनासो छ ।

सरकारले खेतबाटै धान उठाउन तत्परता नदेखाउँदा किसानलाई धान भण्डारणको पनि समस्या हुने गरेको छ । न्यूनतम मूल्य तोक्ने सरकारले खरिद तथा अनुगमनमा चासो नदेखाउँदा किसानलाई वर्षभरीको लागत उठाउन पनि समस्या भइरहेको छ । साभार ः कृषि डेली डटकम 


प्रतिक्रिया दिनुहोस् ।