img

किसान परिचयपत्र वितरण सम्बन्धि जनप्रतिनिधिसँग अन्तरक्रिया


अपुर्व न्यूज
कञ्चनपुर, ३१ भदौ । किसान परिचय पत्र वितरण तथा रुपान्तरण परियोजना सम्बन्धि छलफल एवम् कार्ययोजना निर्माणबारे जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
बिहीबार सप्तरीको रुपनी गाउँपालिकामा राष्ट्रिय कृषक महासंघ सप्तरीका अध्यक्ष सुखिलाल यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सो अन्तक्रिया कार्यक्रमकाे आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादव, विशिष्ट अतिथि उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर १ का अध्यक्ष लिला देवि यादव,२ का अध्यक्ष सरोज यादव, ३ का अध्यक्ष अमरलाल मुखिया,४ का अध्यक्ष छेदी ईसर,५ का अध्यक्ष गंगाराम यादव,६ का वडा अध्यक्ष बद्री नारायण सरदार र कार्यपालिका सदस्य मुकेश कर्ण, महासंघका पदाधिकारी र जिल्ला स्थित कृषक समुहका प्रतिनिधिहरु लगायतकाले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण कार्ययोजना निर्माण समिति मधेश प्रदेश संयोजक दिलिप साह र परियोजना अधिकृत देवी थापा मगरले सहजीकरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।