img

आगामी निर्वाचनका लागि म्यादी प्रहरी भर्ना शुरु-पहिलो दिनमा ८ हजार आवेदन, सप्तरीमा सबैभन्दा बढी


अपुर्व न्युज
जनकपुरधाम, ३१ भाद्र ।  आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको लागि मंसिर ४ गते हुने निर्वाचनका भर्नाका लागि म्यादी प्रहरी पहिलो दिन ८ हजार बढीले आवेदन परेका छन् ।

आवेदनमध्ये सबैभन्दा बढी सप्तरीबाट १ हजार ६ सय ३ जनाले आवेदन दिएका छन् । मधेश प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालयले बिहीबारदेखि म्यादी भर्नाका लागि आवेदन खुला गरेकामा सो संख्यामा आवेदन परेको जनाएको छ । आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ ।
गृह मन्त्रालयले स्वीकृत गरेको म्यादी प्रहरीको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९’ अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले दरखास्त दिन पाउनेछन् । छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ । म्यादीले ४० दिनको तलब-भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।
मभेश प्रदेशमा पहिलो दिन ६ हजार १ सय १६ पुरुष र २ हजार २ सय ९७ महिला गरी ८ हजार ४ सय १३ जनाको आवेदन परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।