img

बोल्नका लागि ‘रोस्ट्रम’ पुगेका सिके राउतले जब त्यहीँबाट मौनधारण शुरू गरे…


काठमाण्डौं, ५ माघ। सभामुखका उम्मेदवारमाथिको छलफलमा भाग लिन संसद्को रोस्ट्रमुमा उभिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीँबाटै मौन धारण गरेका छन् ।

अाज संसद्को ‘रोस्ट्रम’मा उभिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले बलिदानी दिवसमा मौन धारण गर्दै ।

 

माघ ५ गते मधेश आन्दोलन शुरू भएको दिनको स्मरणमा राउतले आफूले पाएको ५ मिनेटको समयबाट समय निकालेर मौनधारण गरेका हुन् ।
सीकेले आग्रह गरेपछि गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेस र जसपाका सांसदहरू उठेर मौन धारण गरेका हुन् ।

‘हामीले कति दिन शासक वर्गको दिवस मनाउने ? बलिदानी दिवसलाई राष्ट्रव्यापी कहिले मनाउने ? मधेश आन्दोलनका शहीदलाई राष्ट्रले सम्मान दिने कि नदिने ?’ राउतले भने, ‘माघ ५ गते बलिदानी दिवसमा तपाईंको पार्टीले हाम्रो पार्टीलाई समर्थन गर्छ कि गर्दैन ? त्यसपछि सभामुखलाई समर्थन गर्ने/नगर्ने निर्णय गरौंला ।’

त्यसपछि सीकेले आफ्नो घडी हेरेर मौन धारण शुरू गरेका थिए । संसदमा ‘रोस्ट्रम’बाटै मौनधारण गरिएको यो पहिलो दृश्य हो । साभार ः लाेकान्तर डटकम


प्रतिक्रिया दिनुहोस् ।