img

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अगामी चुनाव नलड्ने घोषणा


काठमाडौं,१७ असोज।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन्।
सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गरेका हुन्। ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको आपनो फेसबुकमा लेखिएको छ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा गोरखाबासीलाई आभार व्यक्त गरेका छन्।
यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरेपनि राजनीति भने नछाड्ने बताएका छन्।

‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन, कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले भने, ‘तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता र समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’

आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् । ‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु,।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फेसबुकमा लेखिएका भनाइ जस्ताकाे त्यस्तै ।

प्रतिक्रिया दिनुहोस् ।