img

नेकपा एमाले–जनता समाजवादी पार्टी सहमति,प्रतिनिधिसभामा एमालेलाई ३५ र जसपालाई १७ सिट


काठमाण्डाैं,२२ असोज । मंसिर ४ गते हुने  निर्वाचनमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदबारहरूका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको सहमति भएको छ ।

साे दुवै दलले १४ जिल्लामा चुनावी तालमेलकाे सहमती भएकाे हाे । तर मधेस प्रदेशका ८ जिल्लामा ३२ प्रतिनिधिसभा मध्ये नेकपा एमाले १४ सिट र जनता समाजवादी पार्टी १४ सिटमा सहमती भएकाे छ । बाँकी ४ चार निर्वाचन क्षेत्र अर्थात धनुषाकाे २,महाेतरीकाे २,राेतहटकाे १ र बाराकाे २ बारे सहमतीपत्रमा उल्लेख गरिएकाे छैन । अन्य  दललाइ दिने वा छलफल गर्न बाँकी बारे रहेकाे दुवै पार्टीका नेताहरू केही बाेलेका छेन्न ।

यता साेही मधेस प्रदेशका ८ जिल्लामा ६४ प्रदेशसभा मध्ये नेकपा एमाले ३० सिट र जनता समाजवादी पार्टी ३२ सिटमा सहमती भएकाे छ । बाँकी धनुषा निर्वाचन क्षेत्र २ प्रदेशसभा २(क) र २(ख) अन्य  दललाइ दिने वा छलफल गर्न बाँकी बारे रहेकाे दुवै पार्टीका नेताहरू केही बाेलेका छेन्न ।

साे चुनावी तालमेल अनुसार मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।
यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ । एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।

यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।

१४ जिल्लामा चुनावी तालमेलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बीच भएकाे हस्ताक्षरित सहमतीपत्र

प्रतिक्रिया दिनुहोस् ।