img

मघेशका दुई राष्ट्रिय अध्यक्ष आमने–सामने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत बीच कडा प्रतिस्पर्धा


कञ्चनपुर(सप्तरी),२३ असोज । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा मघेशका मघेशका दुई राष्ट्रिय अध्यक्ष आमने–सामने हुने भएका छन ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत(सिके राउत) कडा प्रतिस्पर्धा हुने भएको हो । जनमत पार्टी राष्ट्रिय अध्यक्ष सिके राउतको जन्मभुमि सप्तरीको महदेवा गाउँपालिकाबासी हुनुहुन्छ भन्ने
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २०७४ को चुनावमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको चर्चा भए पनि यादवलाई जसपाका नेता तथा कार्यक्रताहरुले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचन क्षेत्र नम्बर २ बाट लडन दवाव दिएको हो ।

डा.राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षय यादवले क्षेत्र नम्बर २ बाटै उम्मेदवारी दिँदै हुनुहुन्छ ।
सप्तरी निर्वाचन क्षेत्र नं.२ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिँदैछन्

 


प्रतिक्रिया दिनुहोस् ।