img

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरियो


अपुर्व न्युज
काठमाण्डौं,३१ भाद्र ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष र १ सय ८५ जना अन्य रहेका छन् । यस्तै १० हजार ८ सय ९१ मतदान स्थल र २२ हजार २ सय २६ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस् ।