img

पत्रकार झालाई धम्क्याउनेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र


राजविराज, ५ पुष। कान्तिपुर दैनिक सप्तरीका समाचारदाता अबधेश झालाई धम्क्याउने माथी कारबाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका छन् ।

कान्तिपुर दैनिक सप्तरीका समाचारदाता अबधेश झा

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा पुगेका सञ्चारकर्मीको टोलीले सिडिओ भूपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका हुन् । ज्ञापन–पत्रमा पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले बेवास्ता गरेपछि आन्दोलिन हुन बाध्य भएको उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले थालेको आन्दोलनबारे सिडिओ थापालाई जानकारी समेत गराइएको महासंघका सचिव रामनारायण विश्वासले जानकारी दिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य अवधेशकुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए ।
आन्दोलनअनुसार पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।