img

दलित समुदायका ५ हजार परिवारलाई निःशुल्क आँपको विरुवा वितरण


शम्भुनाथ,साउन १४ गते । ब्योम कुशमा बुद्ध धर्म संघको सहयोग र दलित सरोकार मञ्च नेपालको आयोजनामा सप्तरीको शम्भुनाथ नगरपालिकाका विपन्न एवम् दलित ५ हजार परिवारलाई नि ः शुल्क आँपको विरुवा वितरण गरिएको छ ।


ब्योम कुशमा बुद्ध धर्म संघको अध्यक्ष मुकुन्द विष्टको प्रमुख आथित्यतामा मंगलबार शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिति संघका अध्यक्ष विष्टले वातावरणमा असर नपर्ने र गरिब विपन्न,दलित समुदायहरुमा जिविकोपार्जनमा समेत सहयोग पुग्ने भएकोले आँपको विरुवा वितरण गरिएको बताए ।
कार्यक्रममा पालिकाकी उप–प्रमुख अनिताकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत सभाष चन्द्र सुमन,कार्यपालिका सदस्य शिवशंकर राम,दलित सरोकार मञ्चका कार्यक्रम संयोजकद्वय सुनिल सरवरिया र सुसिन्द्र पासवानको समेत उपस्थिती रहेको थियो । शम्भुनाथ नगरपालिकाका विपन्न तथा दलित परिवारका ५ हजार परिवारलाई आँपको विरुवा वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस् ।