img

श्रृजनशील लघुवित्त र मानुषी लघुवित्त संस्था मर्ज हुने


गाेलबजार(सिरहा) ३ चैत्र । श्रृजनशील लघुवित्त र मानुषी लघुवित्त संस्था मर्ज हुने भएका छन् । २०७९ चैत २ गते बिहीबार दुई लघुवित्त संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई लघुवित्त संस्था एक आपसमा गाभिने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै ।

समझदारी पत्रमा मानुषी लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्त वित्तीय संस्थाका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

काभ्रेको बनेपा नगरपालिका वडा नं.१३ मा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजार नगरपालिका वडा नं.७ मा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् ।

श्रृजनशील लघुवित्त वित्तीय संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले भने सर्वसाधारण गरिब जनतालाइ सहुलियत कर्जा प्रदान गरी जिविकाेपार्जन गर्ने तर्फ अगाडी बढने बताए ।

समान चुक्ता पूँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा सेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ । मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने सहमति भएकोछ ।

 


प्रतिक्रिया दिनुहोस् ।