img

मधेसवादी दलले चुनावमा शहीद परिवार तथा घाइतेलाई कसरी गर्दैछ व्यवस्थापन ?


काडमाण्डाैं,२८ भाद्र । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् ।

बन्द मधेश सडक

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पनि भएका छन् । तर, अहिले चुनावको समयमा ती शहीद परिवारका सदस्य, घाइते तथा बेपत्ता परिवारका सदस्यप्रति खासै चासो नदिइएको गुनासहरू आइरहेको छन् ।

दलहरूले परिवारका सदस्यहरूलाई सोधखोज समेत नगरेको शहीद परिवार तथा घाइते हकहित संघर्ष समिति मधेस प्रदेशका संयोजक नरेश यादवले बताए । उनले भने, ‘अहिले क्षेत्र तथा जिल्लाबाट नामहरू सिफारिस भइरहेका छन् तर ती नामहरूमा शहीद परिवार तथा घाइते परिवारका सदस्यको नाम कतै सुनिएको छैन ।’

मधेस प्रदेशका लगभग हरेक शहीद परिवारको सम्पर्कमा आफू रहेको तर हालसम्म कसैको नाम सिफारिस भएको कुरा जानकारी नआएको बताउँदै उनले शहीद तथा घाइते परिवारका सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा प्राथमिकताका साथ राख्न आफूहरूले माग गरिरहेको बताए ।

अान्दाेलित मधेश

संघर्ष समितिले आजै मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै छ । संघर्ष समितिले अगामी चुनावमा शहीद तथा घाइते परिवारका सदस्यलाई समानुपातिक सूचीमा राख्न आग्रहसहित मुख्यमन्त्री राउतमार्फत जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि ध्यानाकर्षण गराउन लागेको छ । संघर्ष समितिका संयोजक नरेश यादवले भने, ‘जसपालाई ज्ञापनपत्र बुझाइसकेपछि लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि बुझाउँछौँ ।’

तर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेस प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले आफ्नो पार्टीले शहीद तथा घाइते परिवारलाई बेवास्ता नगरेको दाबी गरे । उनले भने, ‘प्रत्येक जिल्लाबाट शहीद परिवार शहीदको नाम सिफारिस भएका छन्, ती सबै नाम केन्द्रसम्म पठाइसकेका छौँ । नाम र सङ्ख्या अहिले याद भएन तर धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाहरूबाट शहीद परिवारको नाम आएका छन् ती नामहरू जस्ताको त्यस्तै केन्द्रमा पठाइसकिएको उनले बताए ।

मधेशमय अान्दाेलन

समानुपातिकमा को पर्छ को पर्दैन भन्ने कुरा त्यो प्राप्त सिटमा नै भर पर्छ तर आफ्नो पार्टीले शहीद परिवारका सदस्यलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । यसअघिको चुनावमा पनि शहीदका परिवारका सदस्य बबिता चौधरीलाई मधेस प्रदेशको प्रदेश सभामा समानुपातिक सदस्य बनाइएको उनले बताए ।

तर जसपा मधेस प्रदेशका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रामबाबु यादवले भने, ‘हालसम्म जिल्लाबाट जति पनि नाम सिफारिस भएका छन् त्यसमा शहीद परिवारका सदस्यको नाम मैले पाएको छैन ।’ तर नाम किन सिफारिस भएन त्यसको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताउँदै अध्यक्ष रामबाबु यादवले शहीद परिवारका सदस्यले पनि त्यसका लागि चासो लिनुपर्ने हो तर क्षेत्र तथा जिल्लामा त्यति चासो नदेखिएको दाबी गरे ।

बारा जिल्लामा चारजना शहीद भएका छन् तीमध्ये तीनवटा परिवारका सदस्यले जागिर पाएका छन् । एकजना परिवारले कुनै चासो लिएको छैन । बारा गृह जिल्ला रहेको अध्यक्ष रामबाबु यादवका अनुसार शहीद परिवारका सदस्यहरूलाई राजनीतिभन्दा बढी जागिरमा रुची छन् । उनीहरू राजनीतिमा आउन चाहँदैनन्, बरु जागिर भई दिए हुन्थ्यो भन्ने गरेका छन् । त्यही भएर अहिले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारका लागि नाम सिफारिस नभएको उनले बताए ।

आफ्नो जिल्लाबाट एकजना मधेस आन्दोलनका घाइते जितेन्द्र यादवको नाम समानुपातिकमा सिफारिस गरेको अध्यक्ष रामबाबु यादवले बताए ।

त्यस्तै जसपा सप्तरी क्षेत्र नं.१ (ख) बाट समानुपातिकमा धर्मपाल राउतको नाम सिफारिस गरेको छ । शहीद रामकृष्ण राउतका भाइ हुन् धर्मपाल राउत । उनी जसपा निकट प्रेस मञ्चमा आबद्ध छन् । सप्तरीमा १२ जना शहीद छन् । त्यसमध्ये हालसम्म एक जनाको नाम मात्र सिफारिस भएको उनले बताए । उनले भने, ‘शहीद परिवार सदस्यको नाम सिफारिस भएर मात्र हुँदैन, सूची पठाउँदा त्यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

लोसपा धनुषा–४ (ख) बाट समानुपातिक उम्मेदवारमा ममता चौधरीको नाम सिफारिस भएको छ । मधेस आन्दोलनमा उनका भाइ सञ्जय चौधरीले सहादत प्राप्त गरेका थिए । ममता चौधरी विगत १५ वर्षदेखि मधेस राजनीतिमा सक्रिय हुन् । सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी ममता चौधरी हाल लोसपामा छिन् । उनी भन्छन्, ‘म शहीद परिवारका सदस्य मात्र होइन, मेरो राजनीतिक योगदान पनि छ त्यसले गर्दा पनि पार्टीले मेरो नाम सिफारिस गरेको छ ।’

सडक मधेश

शहीद परिवारको योगदानलाई पार्टीले कदर गर्ने कुरामा आफू विश्वस्त रहेको बताउँदै ममता चौधरीले समानुपातिकको प्राथमिकताको सूचीमा राख्नेमा आफू विश्वस्त रहेको बताए ।

विगतका अान्दाेलनमा शहीदहरूकाे विवरण

शहीदहरू–२०६४

१. रमेश महतो,२. प्रमोद सदा,३. बेचन यादव,४. विजय सहनी,५. अनीस राईन,६. तल्लु हस्दा हेमरम,७. सदानन्द यादव,८. निर्मल राजवंशी,९. राजकुमार कामत,१०. दिनदयाल मण्डल,११. बेचन मियाँ,१२. श्याम सुन्दर मेहता,१३. हरि मेहता,१४. रामस्वरूप मेहता,१५. अनिल ऋषिदेव,१६. भगवती मण्डल,१७. बिस्कुट मियाँ,१८. लखन साफी,१९. जितेन्द्र मरवैता,२०. राजेश यादव,२१. रामानन्द मेहता,२२. गुल्टेन दास,२३. छुतहरू मुखिया,२४. भुल्की यादव,२५. गंगा दास,२६. कारी ठाकुर,२७ शिवशंकर यादव,२८. ब्रह्मदेव ठाकुर,२९. राजेश ठाकुर,३०. कैयूम दफाली,३१. आशिफ अली मिकरानी,३२. दिनेश राय यादव,३३. रामनारायण साह,३४. राम एकबाल राय,३५. सञ्जय कुमार राय यादव,३६. जीवधारी यादव,३७. शेष अब्दुल असरफ,३८. मजिद महम्मद मंसूर,३९. जमिर आलम,४०. दीपेन्द्र साह,४१. महावीर साह,४२. वीरवल मुखिया,४३. भगवती यादव,४४. असलम पठान,४५. चन्द्रिका यादव,४६. कोइली कोरी,४७. खोडहे गोरिया,४८. तुलाराम तिवारी,४९. काशीराम हरिजन,५०. माता प्रसाद वर्मा,५१. गुल्जार खाँ,५२. कमल गिरी,५३. जगदीश पासवान र ५४. जिलेराम यादव रहेका छन ।

मधेसी शहीदहरू–२०७२

१ टीकाराम गौतम,२ यमबहादुर बिसी,३ गोपालसिंह रजवार,४ राजेन्द्र (राजीव) राउत,५ दुर्गेश यादव,६ सुनील यादव,७ सुधीराम यादव,८ रामेश्वर पासी,९ शैलेन्द्र श्रीवास्तव,१० हरिबहादुर कुँवर,११ राजकिशोर ठाकुर,१२ लक्ष्मण न्यौपाने (एसएसपी),१३ बलराम विष्ट (इन्स्पेक्टर),१४ केशवराज बोहरा (इन्स्पेक्टर),१५ लोकेन्द्र चन्द  (प्रहरी जवान),१६ लक्ष्मण खड्का (प्रहरी जवान),१७ रामबिहारी ठाकुर (प्रहरी हवल्दार),१८ ललित साउद (प्रहरी हवल्दार),१९ टेकेन्द्र साउद (वर्ष २),२० चिन्कु दगौरा थारु (आन्दोलनकारी),२१ दिलीप चौरसिया,२२ धर्मराज सिंह,२३ दीनानाथ साह,२४ भोला साह,२५ सोहन साह कलवार,२६ हिफाजत मियाँ,७ रामकृष्ण राउत,२८ रोहन चौधरी,२९ रामविवेक यादव,३० अमित कापड,३१ विरेन्द्र बिच्छा,३२ थमनबहादुर विक (सशस्त्र प्रहरी असई),३३ रामशिला मण्डल,३४ गणेश चौधरी,३५ निकु यादव (वर्ष १८),३६ सञ्जय चौधरी,३७ दिलीप यादव (वर्ष १३),३८ चन्दन पटेल (वर्ष ४),३९ रञ्जना क्षेत्री (वर्ष १४),४० राजकुमार बराई,४१ विन्दू लाकोल,४२ नन्दनी पाण्डेय,४३ शत्रुधन पटेल,४४ रामप्रदीप महतो धुनियाँ,४५ सौगाती मुराऊ४६ आशिष राम (भारतीय),४७ वीरेन्द्र राम,४८ नागेश्वर यादव,४९ दिलीप साह,५० शिवशंकर दास,५१ महोम्मद तबरेज शम्स आलम,५२ शेख मैरुद्दिन,५३ महादेव ऋषिदेव,५४ शिबू माझी,५५ द्रौपदीदेवी चौधरी र ५६ नागेन्द्र ठाकुर रहेका छन ।

शहीदहरू २०७३ (सप्तरी)

१ सञ्जन मेहता,२ पीताम्बर मण्डल,३ आनन्द साह,४ वीरेन्द्र महतो र ५ इनरदेव यादव रहेका छन ।

शहीद २०७४

१ रघु साफी र २ दुखीलाल मेहता रहेका छन ।                                                          साभार ः राताेपाटी डटकम


 


प्रतिक्रिया दिनुहोस् ।