img

९ दिने व्यवसायीक भुजिया तथा आलु चिप्स बनाउने तालिम उद्घाटन


मुसहरनिया (सप्तरी) श्रावण २३ गते ।
बिष्णुपुर गाउँपालिका वडा नं.३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायीक भुजिया तथा आलु चिप्स बनाउने तालिम उद्घाटन भएको छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.३ स्थित दिनाभद्री महिला समुहका सदस्यहरु सामुहिक तस्विरमा ।

सोमबार युरोपियन युनियनको आर्थिक सहयोग,वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित ९ दिने तामलिमको उद्घाटन गर्दै विष्णुपुर गाउँपालिका वडा नं.३ का अध्यक्ष राजेन्द्र सदाले भने सिमान्तकृत तथा मुसहर एवं दलित महिलाहरुमा सामाजिक,आर्थिक रुपमा अगाडी बढने बताए ।
सो उद्घाटन समारोहको वडा नं.३ का वडा अध्यक्ष सदाले भने भुजिया तथा आलु चिप्स बनाउन् तालिम पश्चाप बजारिकरण एवं व्यवसाय गर्न वडा कार्यालय र विष्णुपुर गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले भुजिया तथा आलु चिप्स बनाउने सीपले आर्थिक आर्जन गरि घर परिवार चलाउन तथा बालबालिकाहरुका लागि शिक्षामा सहयोग पुग्ने बताए ।
सो उद्घाटन समारोहमा पिडित उत्थान युवा क्लव बिष्णपुरका अध्यक्ष जयदेव राम,सुशासन सहकर्ता पुनम देवी सरदार,परिवर्तन अभिकर्ताद्धय रञ्जु यादव,रामनाथ राम र प्रशिक्षक मनोज यादव,समेत मन्तव्य व्यक्त गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस् ।