img

कंचनरुप नगरपालिकाका नक्सा उपशाखाका इन्जिनियर साहमाथि उजुरी


सप्तरीको कञ्चनरूप नगरपालिकाका मंगले दमाईको नक्सा अभिलेखीकरण गर्न आलटाल गरेको आरोप सेलाउन नपाउँदैं नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहलाई न्यायिक समतिमा उजुरी परेको छ । साह विरुद्ध छिमेकीले कंचनरुप नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराएको हो ।

उनलाई छिमेकीको घरमा असर पार्ने गरी आफ्नो घरको नक्सा पास गर्न लागेको आरोप छ । कञ्चनरूप वडा ४ का ७५ बर्षका केशव शर्मा ठाकुरले इन्जिनियर साहका दाजु रंजित साह र इन्जिनियर साहले घर निर्माण गर्दा घरको छत तथा झ्याल आफ्नो तर्फ पर्न आएको हुनाले त्यसमा पुर्नविचार गर्न पटक–पटक आग्रह गर्दा समेत नमानेपछि घर निर्माण गर्दा घरको पश्चिमपट्टि तर्फ झयाल र घरको छत आफनोपट्टि पारेको भन्दै २०७७ साल चैत्र ४ गते इन्जिनियर साहको दाजुलाई विपक्षी बनाई न्यायिक समितिमा उजुरी दिएको थियो ।

न्यायिक समितिले फैसला गर्न नपाउँदै ठाकुरको मृत्यु भयो र हाल आएर इन्जिनियर साहले घर नक्सा पास गर्न लागेको ठाकुरका छोरा वेचन शर्मा ठाकुरले आरोप लगाए । कञ्चनरूप नगरपालिकाको न्यायिक समितिमा छानविन गरिपाउँ भनी उनीहरु विरुद्ध निवेदन दार्ता गराएको उनले जानकारी दिए ।

न्यूज टुडे
राजविराज, ०८ साउन ।


प्रतिक्रिया दिनुहोस् ।