img

सप्तरीका जिल्ला प्रमुख अधिकारी थापाले पाँच जना गुरुलाई गरे सम्मान


कञ्चनपुर,१४ असोज ।  सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शिक्षा दिएका गुरुलाई सम्मान गरेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका ८ घर भएका थापा एक साता अघि सप्तरीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर आएका छन् । उनले प्रावि तहदेखि मावि तहसम्म सप्तरीकै शिक्षकबाट शिक्षा पाएको भन्दै यहाँ घर भएका शिक्षकलाई सम्मान गरेका छन् ।
गत असोज ६ गते जिल्ला हाजिर भएका थापाले बिहीबार जिल्ला प्रशासन कार्यालयमा आफूलाई पढाउने ५ जना शिक्षकलाई बोलाएर श्रद्धापूर्वक सम्मान गरेका छन् ।

दुई दशकअघि जुम्लामा पुगी शिक्षा दिने शिक्षकहरु रामनारायण चौधरी, रामाशिष चौधरी, शिबनारायण चौधरी, कुसुमलाल चौधरी र कलानन्द माझीलाई प्रमुख जिल्ला अधिकारी थापाले सम्मान गरेका छन् ।

पाँचै जना शिक्षकलाई दोसल्ला ओढाएर जुम्लाको चन्दननाथ मन्दिरको फोटो अंकित मायाको चिनो शिक्षकलाई प्रदान गरिएको थापाले बताए ।
कुसुमलाल प्राथमिक तहमा, रामाशिष र शिबनारायणले निमावि तहमा र रामनारायण तथा कलानन्दले मावि तहमा आफूलाई पढाएको थापाले बताए । ‘उहाँहरुले शिक्षाको दियो नबालिदिएको भए यो ठाउँँसम्म पुग्दिन्थे होला’ थापाले भने, ‘झन् उहाँहरुकै जिल्लामा काम गर्न आउँदा गुरुप्रतिको श्रद्धा झन्  बढेर आयो ।


प्रतिक्रिया दिनुहोस् ।