img

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय सर्वोदय मावि कञ्चनपुरमा स्थापना


अपूर्व न्यूज सम्वददाता
कञ्चनपुर,२० असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित सर्वोदय उच्च माध्यमिक विद्यालय कञ्चनपुरमा सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सर्वोदय उच्च माध्यमिक विद्यालय कञ्चनपुर

बिहिवार सो प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।
उक्त सप्तरीकोे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१मा कञ्चनरुप नगरपालिका,सप्तकोशी नगरपालिका,हनुमाननगर कंकालनी नगरपालिका,अग्नीसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिका रहेका छन् ।

त्यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१को प्रदेश सभा सदस्य (क)मा अग्नीसाइर कृष्णासवरन गाउँपालिका,सप्तकोशी नगरपालिका र कञ्चनरुप नगरपालिकाको वडा नं.४,५,६,७,८९,११ र १२ वडाहरु रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१को प्रदेश सभा सदस्य (ख)मा हनुमाननगर कंकालनी नगरपालिका, तिरहुत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको वडा नं.१,२,३ र १० वडाहरु रहेका छन् ।

उक्त निर्वाचन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१मा ४८ वडाहरु समावेश छन् भन्ने प्रदेश सभा (क)मा २५ वटा वडाहरु र प्रदेश सभा(ख)मा २३ वठा वडाहरु समावेश रहेका छन् ।
सो प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१मा १ लाख १३ हजार १ सय ९५ कुल मतदाता संख्या रहेका छन् । भन्ने प्रदेश सभा सदस्य (क)मा कुल मतदाता संख्या ६० हजार ७ सय ७७ जना र प्रदेश सभा सदस्य (ख)मा ५२ हजार ४ सय १८ जना कुल मतदाता संख्या रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता,नगर उप–प्रमुख मुना पोखरेल,ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख डिएसपी रामकुमार यादव,सर्वोदय उच्च माध्यमिक विघालयका प्र.अ.तारानन्द मल्लिकसमेतको उपस्थिती रहेका थिए । निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत धनेन्द्र अधिकारी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस् ।