img

लायन्स क्लब अफ कञ्चनपुरले न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू


अपूर्व समाचारदाता ।
कञ्चनपुर, १ माघ । जाडो अत्यधिक बढेपछि सप्तरीको कञ्चनरूप नगरपालिकाका गरीब तथा विपन्नलाई लुगा बितरण गर्न शुरु गरिएको छ ।

विपन्न महिलाहरु न्यानो कपडा लिदैं

सोमबारदेखि गरीब तथा विपन्नका लागि न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम लायन्स क्लब अफ कंचनपुर हाइट कंचनरूपले शुरु गरेको हो ।

लायन्स क्लब कञ्चनपुरका अध्यक्ष घनश्याम रौनियारले हुनेले दिने र नहुनेले लिएर जाने अभियानबाट शुरू गरिएको बताए ।

पहिलो दिन सोमबार संकलन गरिएको न्यानो लुगा ५५ जना विपन्नलाई बितरण गरिएको उनले बताए । जाडोका कारण समस्यामा परेका कञ्चनरूप नगरपालिका वडा नम्बर ४ र ८ का गरीब तथा विपन्न वर्गका बालबालिका, वृद्धवृद्धालाई कपडा वितरण गरिएको हो ।

लायन्स क्लब अफ कञ्चनपुर

यो अभियान शनिबारसम्म जारी राखिने र नगरभित्र तथा अन्य पालिकाका सबै गरीब, विपन्नलाई न्यानो लुगा बितरण गरिने लायन्स क्लबका अध्यक्ष रौनियारले बताए । सोमबारदेखि शनिबार सम्म गरीब तथा विपन्नका लागि न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम रहने सो वितरण रौनियार धर्मशाला कञ्चनपुर बजारमा भइरहेको आयोजकले जनाए । ।


प्रतिक्रिया दिनुहोस् ।