img

चर्को ब्याज,घरबार विहिनको अबस्थाले गर्दा दुर्गा प्रसाईले शुरु गरिएको महाअभियानलाई साथ दिने ः ऋणीहरुको भनाई


कञ्चनपुर,७ पुस । दुर्गा प्रसाईले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’लाई सशक्त बनाउन सप्तरीको कञ्चनरुप नगरपालिकामा उमेश प्रसाद साहको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।

मघेश प्रदेशका प्रमुख नरेश साह सँग नव गठित नगर कमिटिका अध्यक्ष उमेश प्रसाद साह समसामयिक विषयमा कुराकानी गर्दै

शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.९ रुपनगर स्थित धारापानी होटलमा जिल्ला भेला कार्यक्रममा सो नगर कमिटि गठन गरिएको हो । सो नगर कमिटिको उपाध्यक्षमा कमल जैन,सचिवमा पवन सरबरिया,सहसचिवमा पुष्पा चौधरी र कोषाध्यक्षमा कल्पना यादव रहेकी छिन् । उक्त नगर कमिटिको सल्लाहकारहरुमा संजय कुमार साह,श्याम स्वर्णकार र राजकुमार स्वर्णकार(राजु) रहेका छन् ।

जिल्ला भेला कार्यक्रमलाई सम्बोधन गर्दै मघेश प्रदेशका प्रमुख नरेश साहले भने,–ऋणीहरुबाट बैंकले ७ प्रतिशतमा गरिएको सम्झौंता १४ देखि १६ प्रतिशत र लघुवित्त एवम् सहकारी संस्थाहरुले १२ प्रतिशतमा गरिएको सम्झौंता २४ देखि ३६ प्रतिशत चक्रिय ब्याज लिने गरेकोले ऋणीहरु मारमा परेको छ । सो जिल्ला भेला कार्यक्रममा पिडित ऋणीहरुले भने दुर्गा प्रसाईले गरेको आन्दोलनबाट सरकारले लघुवित्त पीडितको आवाज दवाव दिने बुझाइ छ ।

ऋणीहरु सहभागिहरुको बुझाई ‘हामी गरिबले लिएको ऋण मिनाह हुन्छ भनेको छ । चर्को ब्याज,घरबार विहिनको अबस्थामा पुगेकोले गर्दा हामी सबै ऋणीहरु आन्दोलनमा जाने र दुर्गा प्रसाईले शुरु गरिएको महाअभियानलाई साथ दिने बताए ।
सो जिल्ला भेला कार्यक्रम ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’मघेश प्रदेशका प्रमुख नरेश साहको प्रमुख आथित्य,अभियानका केन्द्रिय सचिवालय सदस्य तेजु कुमार साह विशिष्ठ अतिथि तथा सो कार्यक्रम उमेश प्रसाद साहको अध्यक्षतामा सम्पन्न गरिएको हो ।


प्रतिक्रिया दिनुहोस् ।