img

दलित सरोकार मञ्च सप्तरीकाे बहुृद्देश्य तालिम हल उद्घाटन


कञ्चनपुर,७ असोज ७ गते । दलित सरोकार मञ्च सप्तरीमा विपन्न एवं दलित विद्यार्थीहरुलाई लोकसेवा तयारी कक्षा लागि बहुृद्देश्य तालिम हल एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

दलित सराेकार मञ्च सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले बहुृद्देश्य तालिम हलकाे बारेमा अाफना महत्वपुर्ण धारणा राख्दै ।

आईतबार सहयोगी संस्था ग्रेस हिमालय एशोसिएन(फ्रान्स)का अध्यक्ष प्रट्रेशिया प्रोस्टले,ब्योमकुशमा बुधधर्मका अध्यक्ष मुकुन्द विष्ट र कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । विपन्न एवं दलित विद्यार्थीहरुलाई लोकसेवा कक्षा तयारी,महिलाहरुलाई सीप विकास तालिम र समाजिक कार्यमा प्रयोग गर्ने गरी मञ्चका लागि उक्त हल निमार्ण गरिएको छ ।

अध्यक्ष प्रट्रेशिया प्रोस्टलले हल निमार्णले दुई देशको नागरिकको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने,‘ हल निमार्ण यहाँका दलित महिला र बच्चाहरुको शिक्षमाा विकासमा सहयोग पुग्छ ।

ब्योमकुशमाका अध्यक्ष मुकुन्द विष्टले भने,‘ दलितहरुको समस्या जटिल छ,शिक्षा,रोजगारी र खानाको समस्या ब्याप्त छ ।’
कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले भनिन् दलित सरोकार मञ्चले विपन्न र दलितहरुका लागि उल्लेखनीय काम गरेको बताउँदै दलितहरुको सशक्तिकरण र उत्थान नभएसम्म पालिकाको विकास नहुने बताइन् ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका कार्यापालिका सदस्य शोभा पासवानले विगत १५ महिनामा नगरपालिकाले दलितहरुको लागि कुनै उल्लेखनीय काम नगरेका बताए । उनले भने,‘ ६१ करोडभन्दा बढीको बजेटमा मैले कति लड्दा बल्ल ४ लाख बजेट विनयोजन गरेको छ,यो बजेट दलितका लागि प्रयाप्त छैन ।’

दलित सरोकार मञ्च सप्तरीमा बहुृद्देश्य तालिम हल उद्घाटन भएपछि कञ्चनरुप नगरपालिका एवम् वरिपरीका पालिकाका विपन्न विद्यार्थीहरु खुशी भएका छन् । विद्यार्थीहरु भने, बहुृद्देश्य तालिम हलमा कम्प्युटर तालिमदेखि शाखा अधिकृत सम्मको लोकसेवा कक्षा तयारी सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा ग्रेस हिमालय एशोसिएनका सचिव सविने जोउनिन, सदस्य पास्कल प्रोउस्ट,मार्क जोउनिन,फ्रान्स दुतावासका राजनीतिक अधिकृत अन्तोी सरकुन्सको उपस्थिती रहेको थियो । मञ्चका अध्यक्ष शिवप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन भोला पासवानले गरेका थिए । कार्यक्रममा सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस् ।