img

निर्वाचन आयोगले जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना ताकियाे


कञ्चनपुर,१० श्रावण । २०७९ साल मंसीर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचनको तोकिएको समयावधीभित्र खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारलाई निर्वाचन आयोगले रु १५ हजार जरिवाना तोकेको छ ।

आयोगका अनुसार जरिवाना तोकिएकोमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् । यादव ४ मंसीरको चुनावमा सप्तरी २ बाट चुनाव लडेका थिए ।

निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधीभित्र विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन –कसुर तथा सजाय, ऐन २०७३ को दफा ३१ को उपधारा(४)बमोजिम जरिवाना तोकिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।