img

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्ने


कञ्चनपुर,२६ असोज। निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न चिन्ह प्रदान गर्ने भएका छन् ।

निर्वाचन अायाेग नेपाल

आज निर्वाचन आयोगले निर्वाचन चिह्न वितरण गर्ने समय  ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसअघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन् । उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ ।

चुनाव चिह्न

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न अनुमती दिइनेछ । तर स्वतन्त्र उम्मेदबारहरूले काठमाणडाैं महानगरपालिकामा मेयर बालेन साहले लाैराे चिह्न चिन्ह लिएर अधिकांशले स्वतन्त्र उम्मेवारहरू चाहना छ । तर  हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ ।

२५ दिनअघि निर्वाचन आयोगमा दुई स्वतन्त्र उम्मेदवारले स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा साे लाैराे चिह्न चिन्ह खारेजीका लागि उजुरी परेको हो । स्वतन्त्र उम्मेदवारहरूले आफुहरूलाइ लाैराे चिह्न चिन्ह प्रदान गर्न जाेडदार माग गरिएकाे छ ।

 

 


प्रतिक्रिया दिनुहोस् ।