img

जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा कञ्चनरुपमा नागरिक सुनुवाइ कार्यक्रम


कञ्चनपुर, २२ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा कञ्चनरुप नगरपालिका वडा नं.८ कंचनपुरमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ ।

कञ्चनपुरमा बुधबार नागरिक सुनुवाइ कार्यक्रममा नागिरक समाजकाे उपस्थित ।

बुधबार अन्नपूर्ण बहुमुखी क्याम्पस कञ्चनपुरकमा प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षता तथा कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्य एवम् उपप्रमुख मुना कुमारी पोखरेलको विशिष्ट आतिथ्यमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले नागरिक स्तरबाट उठेको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले आफुले गरेको सबै ठिक र अरुले गरेको बेठीक भन्ने संस्कर र प्रवृत्तिले समाजिक परिवर्तनमा समस्या आएको बताए ।

अरु जिल्लाहरुमा बसेको अनुभव सुनाउँदै प्रमुख जिल्ला अधिकारी थापाले आफुले गरेको गल्ती स्वीकार नगर्ने र अरुलाई औलो उठाउने प्रवृत्तिले जिल्लामा सुशासन कायम गर्न समस्या हुने गरेको बताए ।

उनले समाजमा फैलिएको बिकृती न्यूनीकरणका लागि प्रहरी, प्रशासनसंगै आमजनताको सहयोगको आबश्यकता औल्याए ।
उपप्रमुख पोखरेलले जिम्मेवारीमा बसेकाहरुले धेरै बोल्ने भन्दा जनताको काम गरेर देखानुपर्ने जिकिर गरिन । उनले नागरिकको समस्या र गुनासो सुन्ने यस्ता कार्यक्रमहरुले समाजमा शान्तिसुरक्षा कायम गर्न र आफ्ना कामको पारदर्शिता झल्काउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

सप्तरीका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको बताए । उनले जिल्ला हुने अपराधीक, गतिविधि, चोरी तस्करी, आगुऔषध नियन्त्रण तथा शान्त समाज निर्माणमा सबैलाई सहयोग गर्न आग्रह गरे ।

प्रहरीले सबैलाई सम्मान रुपले व्यवहार गरि सेवा प्रदान गर्दै आएको चर्चा गर्दै उनले कसै दवाव र प्रभावमा परि प्रहरी संगठनको मर्यादा विपरीत कार्य गर्ने कुनै पनि प्रहरी अधिकारीलाई छुट नहुने स्पष्ट पारे ।
अन्नपूर्ण क्याम्पसका प्रमुख सुदम्वर यादवले नागरिक सुनुवाइ कार्यक्रमले अपराध न्यूनीकरणमा मद्दत पुग्ने उल्लेख गर्दै कार्यक्रम परिणाममुखी होस भन्दै शुभकामना व्यक्त गरे ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी दिपक कुमार रायले कार्यक्रमको बारे प्रकाश पार्दै प्रहरीलाई जिम्मेवार र उत्तरदायी बनाउन नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उप( निर्देशक सुरेन्द्र कोइराला, जिल्ला ट्राफिक कार्यालय शम्भुनाथका प्रमुख प्रहरी निरीक्षक मेदनी प्रसाद साह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, युवा विद्यार्थी, महिला, पुर्व प्रहरीहरुहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस् ।