img

सरोकारवाला बीच बाल सम्वाद कार्यक्रम सम्पन्न


राजविराज, ३ कात्तिक । बालमैत्री समाजको आधार,जिम्मेदार परिवार उत्तरदायी सरकारको मुलनाराका साथ आज यहाँ सरोकारवाला बीच बाल सम्वाद कार्यक्रम(बाल कचहरी) सम्पन्न भएको छ ।

बाल कचहरी कार्यक्रममा सहभािगहरू

सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ५ कदमहाको कबडहलमा शिक्षा,स्वास्थ्य र बालसंरक्षण तथा बालअधिकार सम्बन्धि सम्वाद सम्पन्न भएको हो । सिडा कार्यक्रम अन्र्तग महिला बालबालिका तथा जेष्ठ नागरिक सुरुङगा नगरपालिका र सेभ द चिल्ड्रेन ,सबल नेपालको साझैदारी तथा नगर बालक्लब संजालको आयोजनामा कार्यक्रम सम्पन्न भएको सिडा कार्यक्रम परियोजनाका संयोजक निरबहादुर आले जानकारी दिए ।

सुरुङगा नगरपालिका अन्र्तगत तीन वटा समुदायिक बिद्यालयका प्रअ,तीन वटा वडा अध्यक्ष,तीन वटा स्वास्थ्य चौकीका प्रतिनिधि,स्वास्थ्य संयोजक,नगर शिक्षा अधिकृत,इलाका प्रहरी कार्यालयका प्रतिनिधि,प्रमुख प्रशासकिय अधिकृत,महिला बालबालिका तथा जेष्ठ नागरिकका शाखा प्रमुखलाई बालकलबका सदस्यहरुले बिभिन्न बिषयमा प्रशन सोधेका थिए । सुरुङगा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीको प्रमुख अतिथियमा सम्पन्न भएको बाल कचहरी कार्यक्रम सुरुङगा नगरपालिकाका बाल कलबका सम्पुर्ण सदस्यहरुको सहभागिता रहेको थियो । नगरवाल संजालका अध्यक्ष सुस्मिता राउतको अध्यक्षतामा सम्पन्न भएको बाल कचहरी सम्वाद कार्यक्रममा करिब १०९ जनाको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् ।