img

अनिबार्य अबकास प्राप्त शिक्षक र प्रधानाध्यापकलाई एक समारोह बीच बिदाई


अपूर्व सम्वददाता
कुशहा(सप्तरी), ५ कार्तिक ।  सप्तरीकाे सुरुङ्गा नगरपालिका वडा नं.८ स्थित मलहनमाका अबकास प्राप्त शिक्षकद्धय  एवम् सहकर्मी सत्य नारायण पासवान र सिताराम साहलाई बिद्यालय परिवार एक समारोह बीच उच्च सम्मानको साथ बिदाई गरेका छन् ।

विघालय परिवारले प्रधानाध्यापक सत्यनारायण पासवान र सिताराम साहलाई फुलमाला एवम् अबिर लगाएर विदाई गर्दै ।

शुक्रबार सप्तरीको श्री मुसहरनियाँ आधारभुत बिद्यालय र स्थानियबासीहरुले एक समारोह बीच बिगत लामो समय देखि शिक्षण पेशामा सेवा गर्दै आउनु भएको अबकास प्राप्त शिक्षकद्धय पासवान र साह एक समारोहको आयोजना गरी उच्च सम्मानको साथ बिदाई गरेको विघालय व्यवस्थापन समितिका अध्यक्ष प्रियकान्त चौधरीले बताए ।
पासवान २०४० साल देखि उदयपुर जिल्ला स्थित श्री शारदा नि.माध्यमिक विघालय सिद्धिपुरवाट शिक्षण पेशामा आबद्ध भई सोही जिल्लाको बेल्टार, माडिवास स्थित श्री सिंहदेबी राष्ट्रिय प्राथमिक विघालय सिरहाको श्री लेखनाथ निमाबि गोबिन्दपुर मलहनमा, त्यस्तै राष्ट्रिय प्राथमिक विघालय लहान गोठ टोलमा सेवा प्रदान गर्दै बिगत १२ बर्ष देखि सप्तरीको श्री मुसहरनियाँ आधारभुत बिद्यालयमा शिक्षक, निप्रधानाध्यापक पश्चात प्रधानाध्यापककाे रुपमा सक्रिय रुपमा सेवा गर्दै आउनु भएको थियो ।
त्यस्तै, पासवान सगै अबकास पाउनु भएका अर्का शिक्षक सिताराम साह आधारभुत बिद्यालय मलहनमा बिगत ३८ बर्ष सेवा गरे पश्चात अबकास पाउनु भएको हो । शिक्षकद्धय पासवान र साह दुवै जना सहकर्मी र एउटै नगरबासी हुन ।
कार्यक्रमा प्रमुख अतिथि सुरुङ्गा नगरपालिका वडा नं.८का अध्यक्ष श्याम प्रसाद साह तथा बिशिष्ट अतिथि जनकपुर चुरोट कारखानाका पुर्व जिएम नागेन्द प्रसाद चौधरीले सम्मान पत्र प्रदान गर्नु भएको थियो भने बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरुले फुलमाला, अबिरको साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्तब्य राख्नुहुदै अबकास प्राप्त प्रधानाध्यापक पासवानले आफ्नो कार्यकालमा भएको बिद्यालयको स्तरउन्नतीलाई कायम राख्नुको साथै बिद्यालयलाई अझ ब्यबस्थित बनाई उच्च शिक्षा सम्मको अध्ययण अध्यापनमा थप जोड दिन स्थानियबासी तथा बिद्यालय परिवारलाई आग्रह गर्नु भयो ।

त्यस्तै बिशिष्ट अतिथी नागेन्द्र प्रसाद चौधरीले बहाँको कार्यकालमा भएको बिद्यालयको प्रगती प्रति खुशियाली ब्यक्त गर्नुहुदै आगामी दिनमा पनि बिद्यालयको शैक्षिक गुनस्तरमा अझ बृद्धि हुनु पर्ने धारण राख्नु भएको थियो ।
विदाई समारोह कार्यक्रमका प्रमुख अतिथि एवम् बडा अध्यक्ष श्याम प्रसाद साहले शिक्षाको क्षेत्रमा शिक्षकद्धयको भुमिका अहम रहेकोले उच्च सम्मानको साथ धन्यबाद ज्ञापन गर्दै उनले भने,– अगामी आउने शैक्षिक शत्रमा वडा भित्रका तिन विघालय मध्ये एक विघालयलाई अंग्रेजी माध्याममा पठन पाठन गराउने प्रतिबद्धतासमेत ब्यक्त गर्नु भएको हो ।
उक्त विदाई समारोह कार्यक्रममा श्री मुसहरनियाँ आधारभुत बिद्यालय विघालय व्यवस्थापन समितिका अध्यक्ष प्रियकान्त चौधरीको अध्यक्षता एवम् बिद्यालय विघालय व्यवस्थापन समितिका सदस्य सुकदेव चौधरीले सञ्चालन गरिएको कार्यक्रममा शिक्षक सूर्यनारायण चौधरी,विजय चौधरीलगायत बुद्धिजिवि,समाजसेवी अबकाश प्राप्त शिक्षकद्धय पासवान र साहको योगदानबारे चर्चा गरिएका थिए ।


प्रतिक्रिया दिनुहोस् ।