img

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी सम्पन्न


राजविराज,२५ असोज । राजविराजमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

सप्तरीकाे १८ वटै पालिकाहरुबाट आएका १६ जना बाल संजालका अध्यक्ष तथा सदस्यहरुको उपस्थित ।

बुधबार सुइडेन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालले सप्तरीको राजविराजमा आयोजना अन्तराष्ट्रिय बालिका दिवस कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालिकाहरुलाई छोरा सरह अधिकार दिनुपर्ने,महिला शिक्षित भएमात्र समाजको बिकास हुने र बालबालिकालाई पढनको लागि अभिभावक समेत सजक हुनुपर्ने सहभागिहरुले जोड दिएका छन ।

१८ वटै पालिकाहरुबाट आएका १६ जना बाल संजालका अध्यक्ष तथा सदस्यहरुको सहयागिता रहेको थियो ।
यस्तै वाताबरण तथा जलवायु परिर्वन बिषयको कार्यशाला गोष्ठी समेत आयोजना गरेका छन । जिल्ला समन्वय समितिका अध्यक्ष शिवनारायण साहको प्रमुख अतिथियमा सम्पन्न भएको कार्याशाला गोष्ठीमा वाताबरण तथा जलवायु परिर्वन सम्बन्धि सहभागि बालबालिकाहरुलाई जानकारी गराइएको थियो ।
जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुनका अध्यक्षतामा सम्पन्न भएको कार्याशाला गोष्ठीमा सिडा परियोजना संयोजक निरबहादुर आलेले सहजिकरण गरेका थिए ।
सोही कार्यक्रममा जिल्ला बालकलबको बार्षिक कार्ययोजना निर्माण गरी पारित समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस् ।