img

बसको ठक्करबाट ६ बर्षिया बालकको मुत्यु ः बरमझियाबासी शाेकाकुल


कञ्चनपुर, २५ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ ।
बुधबार राति कञ्चनरुप नगरपालिका २ बरमझिया स्थित पूर्व पश्चिम लोकमार्गमा पुर्वबाट काठमाण्डाैंतर्फ आउँदै गरेको प्र २—०३—००१ ख १०१० नम्बरको यात्रुबाहक बसले स्थानीय राजु भन्ने राजकुमार गुप्ताको ६ बर्षिया छोरा योगेन्द्र गुप्तालाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको हाे ।
प्रहरीले तत्काल शसलाई गजेन्द्रनारायणसिंह अस्पताल राजविराज पठाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले बताए । डिएसपी रायका अनुसार बस र चालक सुनसरी बराहक्षेत्र नपा ७ बस्ने हेमलाल माझी प्रहरी नियन्त्रणमा रहेको जनाएको छ । गए राती कञ्चनरुप नगरपालिका २ बरमझिया स्थित पूर्व पश्चिम लोकमार्गमा स्थानीयबासीले केही बेर चक्का जाम गरिएकाे हाे । साे घटनाबाट मृत्यु भएको योगेन्द्र गुप्तालाई श्रदाञ्जलीसहित बरमझियाबासी शाेकाकुलमय भएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।