img

कञ्चनरुप नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग


कञ्चनपुर,(सप्तरी) फागुन ४ । कञ्चनरुप नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग प्रयोग गर्दा नगर उपप्रमुख मुना कुमारी पोखरेलसहितका जनप्रनिनिधिहरु चासो देखाएका छन् ।
नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग गर्दा जनगुणासो आए लगतै विहिबार स्थलगत निरिक्षण पश्चाप गुणस्तरहीन सामग्री संकलन गरि ल्याब टेष्टका लागि पठाएको नगर उपप्रमुख पोखरेलले अपुर्व न्युजलाई बताईन् ।
उनले भनिन्् निमार्ण स्थलगतबाट निमार्णमा प्रयोग गरिएको बालुवा र गिटी संकलन गरेको छौं त्यस गुणस्तरहीन सामग्रीलाई ल्याब टेष्टका लागि पठाइने बताइन् ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले २०७९ साउन ४ गते बुधबार दिन भवन निर्माणको शिलन्यास गर्दै ः फाइल तस्विर ।

कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ताले एक कार्यक्रमबीच पालिकको आफनै जग्गामा २०७९ साउन ४ गते बुधबार भवन निर्माणको शिलन्यास गरेको हो । कञ्चनरुप नगरपालिका स्थापना भएको २०७३ सालदेखि प्रशासकिय भवन निर्माणको लागि बजेट बिनियोजन हुँदै आएपनि कञ्चनरुप नगरपालिकाको नाउँमा जग्गा नभएकोले सो भवन निमार्णको कार्य हुन सकेको थिएन । गत आर्थिक बर्षमा साविक गाउँ विकास समिति कञ्चनपुरको नाउँमा रहेको ४ कठा जग्गा हाल पालिकाको नाउँमा नामसारि भएकोले उक्त भवन निर्माण कार्यको सम्पूर्ण प्रकृया पुरा भएर निर्माण कार्य हुन लागेको नगरपालिकाले जनाएको हो ।
गत आर्थिक बर्षमा नगरपालिकाले भवनको डिपिआरको लागि सार्वजनिक सूचना गरेको थियो । उक्त सूचना बमोजिम डोलेश्वर महादेव रायुष जे.भि.ले निर्माणको लागि ठेका पाएको छ ।

मुल्य अभिवृधि कर बाहेक सम्पुरक कोषको ८ करोड ५८ लाख ६६ हजार ८ सय ५ रुपयाँ ६३ पैसामा साढे तीन ताल्लाको भवन निर्माण कार्यको सो कम्पनी संग सम्झौता पालिका सँग भएको निमार्ण स्थलमा राखिएको सूचना बोर्डमा उल्लेख छ ।

उक्त कम्पनीसंग पालिकाको निर्माण कार्यको लागि सम्झौता मिति बितेको बैशाख २५ गते भएको हो । प्रशासकीय भवन निमार्ण कार्य सम्पनको २०८१ सालको बैशाख २५ गतेको सम्ममा गर्ने लक्ष्य राखिएको छ । पूर्व नगर प्रमुख बसन्तकुमार मिश्रले प्रशासकीय भवन निर्माण कार्याको सम्झौता आफनै कार्यकालमा भएपनि प्रशासकिय प्रमुख रेणुका साहको कारणले शिलान्यास हुन नसकेको आरोप लगाए ।
कञ्चनरुप नगरपालिका यसअघिका नगरप्रमुख वसन्तकुमार मिश्रकै पालामा ठेक्का सम्झौता भएपनि स्थानीय तहको निर्वाचन आचारसंहिताका कारण प्रशासकीय भवनको शिलान्यास हुन सकेको थिएन । आचारसंहिता हटेपछि कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले शिलान्यास गरेका हो ।

 


प्रतिक्रिया दिनुहोस् ।