img

कञ्चनपुरमा नबिल बैंकको नयाँ शाखा विस्तार


कञ्चनपुर,१९ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ बेरियर स्थित कञ्चनपुमा नबिल बैंक लिमिटेडले बिहिवार नयाँ शाखा विस्तार गरेको छ ।

नबिल बैंक लिमिटेड कञ्चनपुर शाखाका कर्मचारीहरू ।

नबिल बैंक लिमिटेड कञ्चनपुर शाखाको उद्घाटन कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र नबिल बैंक लिमिटेड कञ्चनपुर शाखाका शाखा प्रमुख सुरज कुमार ठाकुरले संयुक्त रुपमा रविन काटेर उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले बजार प्रतिस्पर्धा गरी ब्यापारी तथा सहुलियत ऋण प्रदान गरी आम जनतालाई सेवा सुविधा दिनुपर्ने बताए ।

कञ्चनरुप नगरपालिका भित्र रहेका सबैं बैंकहरु एक सम्मान रहेको बताएउदैं नगर प्रमुख गुप्ताले,– नबिल बैंकले हजारौं हजार खाता सञ्चालन गर्न शुभकामना व्यक्त गरेका छन् ।
नगर प्रमुख गुप्ताले,–कञ्चनरुप नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै पालिकाबाट विभिन्न प्रयोजनका लागि भईरहेको कार्यहरु खाता सञ्चालन गर्ने समेत बताए ।

उद्घाटन कार्यक्रममा नबिल बैंक लिमिटेड कञ्चनपुर शाखाका शाखा प्रमुख सुरज कुमार ठाकुरले कञ्चनपुर पुरानो,विघालय,सहकारी,व्यापारीहरु उद्म स्थल रहेको खुशी व्यक्त गर्दै नबिल बैंक राम्रो तबरले सञ्चालन रहेने बताए ।

कञ्चनपुर नबिल बैंक अब तपाईसँग अझै नजकि’ भन्नेनाराका साथ सरल र सबल बैंकङि सेवा प्रदान गर्न देशभर एकै साथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
३८नयाँ शाखा मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चमि प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरएिको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस् ।