img

प्रदेश पिछडा वर्ग उच्चस्तरीय सुझाव समितिको सदस्य महतोलाई पुत्र शोक


कञ्चनपुर(सप्तरी), २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर निवासी मनाई महतोको २५ बर्षीय छोरा अबिनास कुशवाहाको उपचारको क्रममा काठमाण्डौंमा आइतबार निधनले पुत्र शोक परेका छन् ।

जनता समाजसादी पार्टीका केन्द्रिय सदस्य तथा मघेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री शेलेन्द्र साहले आज(सोमबार)सामाजिक सञ्जाल मार्फत शाेक जनाएका छन ।

गत माघ २ गते घरबाट रुपनगर चौकमा समान किनमेल गर्न छोरा अबिनास सबार मोटरसाईकलमा ठुलो गाडीले ठक्कर दिदाँ दुर्घटनामा परि गम्भिर घाइते भई विराटनगर स्थित न्युरो हस्पिटलमा उपचार पश्चात् थप उपचारका लागि माघ २० गते काठमाडौं स्थित बासबारी डाक्टर उपेन्द्र देवकोटामा उपचार भईरहेको महतोका परिवारले बताए ।
उपचारको क्रममा २०७९ माघ २२ गते आइतबार मघेश प्रदेश पिछडा वर्ग(OBC) उच्चस्तरीय सुझाव समितिको सदस्य समेत रहनु भएका मनाई मेहताका छोरा इन्जिनियर अविनास कुशवाहाको उपचारको क्रममा असमायिक निधन कञ्चनरुप नगरबासी एवम् पिछडा वर्ग परिवार त्यन्तै मर्माहित भएका छन् । इन्जिनियर अविनास नेपाल टेलिकम काठमाण्माडाैमा कार्यरत रहेका थिए ।

यता जनता समाजसादी पार्टीका केन्द्रिय सदस्य तथा मघेश प्रदेश सरकारका पुर्व अर्थमन्त्री शेलेन्द्र साहले आज(सोमबार)सामाजिक सञ्जाल मार्फत भनिएको छ, “पिछडा वर्ग(OBC) उच्चस्तरीय सुझाव समितिको सदस्य समेत रहेका सप्तरी कंचनपुर निवासी मित्र मनाई मेहताको एक मात्र छोरा इन्जिनियर अविनास कुशवाहा दुर्घटनामा परि गम्भीर घाइते भई उपचारको क्रममा असमायिक मृत्युले अत्यन्तै मर्माहत भएको उल्लेख गरिएको छ” ।

पुर्व मन्त्री जयप्रकाश गुप्ताले पनि सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरिएको छ, पुर्व मन्त्री गुप्ताले भनिएको छ,“उपचारमा सुधार हुदै गएको सुनेर आशा पलाएको थिए । आजको खबरले मर्माहत भए । परमेश्वरको यो निर्दयी इच्छा भयो । मेरो हार्दिक श्रद्धांजली व्यक्त गर्दै मनाईको परिवारलाई यो दुःख सहने शक्ति मिलोस्” ।

पुर्व मन्त्री जयप्रकाश गुप्ताले पनि सामाजिक सञ्जाल मार्फत गरिएको शोक व्यक्त ।

अनुरोध मिडिया प्रा.लि.सप्तरी एवम् अपुर्व न्युज डटकम परिवारसमेत शोकको घडीमा शोक संतप्त परिवारलाई भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् । मृत आत्माको बैकुण्ठ बास होस् भन्ने हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस् ।