img

सप्तरीको दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौँ अधिवेशन सम्पन्न


राजबिराज, ६ पुस । गैसस महासंघ नेपाल सप्तरीले दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौँ अधिवेशन सम्पन्न गरेको छ ।

गैसस महासंघ नेपाल सप्तरीका दोस्रो जिल्ला नागरिक सम्मेलन तथा दशौँ अधिवेशनमा महिला प्रतिनिधिहरू ।

सो अवसरमा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुबेदीले गैर सरकारी संस्थालाई स्थानीयस्तरमा सशक्त बनाउन आवश्यक रहेको बताए ।
सुशासन कायम राख्न,स्थानीय स्रोत, दिगोपन बनाउने समाजिक उत्तरदायित्वमा खर्च गर्ने कार्यक्रम नागरिक संस्थामार्फत संचालन गर्नु जरूरी देखिन्छ ।
यसैगरी गैसस महासंघ महासचिव अर्जुन भटटराईले कर छुट प्रमाण दिन कर अधिकृतको लापरवाहीका कारण समस्या उत्पन्न हुने गरेको बताउँदै भने कर छुटको नवीकरण गर्न बाध्यता छैन, नागरिक संस्थाले भ्याटमा जानु पर्दैन, प्यानमै संचालन गर्न पाइने बताए ।


प्रतिक्रिया दिनुहोस् ।